कुण्डलीमा रहेको ग्रहको स्थितिले मानिसको जीवनमा विशेष प्रभाव पार्छ। कुण्डलीमा ग्रह र नक्षत्रबाट कुण्डलीमा योग बन्ने गर्दछ। कतिपय योगले जीवनमा सकारात्मक प्रभाव पार्छ भने केही नकारात्मक । कुण्डलीमा शुभ योग मध्ये शश योग पनि एक हो । जसको निर्माण कुण्डलीमा शनिको शुभ स्थितिका कारण बन्ने गर्दछ । शश योग कसरी बन्छ र जीवनमा यसले पार्ने प्रभावको बारे जान्नुहोस् ।
ज्योतिषमा पाँच महापुरुष योगको विशेष महत्त्व रहेको छ । जसमा रुचक योग, भद्र योग, हंस योग, मालव्य योग र शश योग पर्दछन् । लग्न कुण्डलीमा शश योगलाई विशेष मानिन्छ । कुण्डलीमा यो योग विशेष परिस्थितिमा शनिले बनाउँछ। यदि शनि लग्न वा चन्द्रमाको घरबाट १, ४, ७ वा १० औँ भावमा अर्थात् १, ४, ७ वा १० औँ घरमा छ भने शशयोग बन्दछ ।
यस बाहेक शनि तुला, मकर वा कुम्भ राशिमा अवस्थित भएमा यस स्थितिमा शश योग बन्ने गर्दछ। जसको कुण्डलीमा यो योग बनेको हुन्छ, उसलाई धेरै शुभ फल मिल्ने मान्यता रहेको छ । ज्योतिष शास्त्रको अनुसार जसको कुण्डलीमा शश योग बनेको छ । त्यस व्यक्तिलाई जीवनको हरेक क्षेत्रमा सफलता मिल्ने मान्यात रहेको छ ।
यस्ता मानिसले राजनीति क्षेत्रमा उच्च प्रतिष्ठा प्राप्त गर्दछ । यस प्रकारका मानिस स्वास्थ्यको हिसाबले पनि निकै स्वस्थ हुन्छन् । यसबाहेक शनिदेवको कृपाले यस्ता व्यक्तिले अरूको क्षमताको मूल्याङ्कन गर्न सक्छ। साथै यस योगको प्रभावले व्यक्तिले समाजमा इज्जत र प्रतिष्ठा प्राप्त गर्छ। यति मात्र होइन, जसको कुण्डलीमा शश योग हुन्छ उनीहरु सरकारी अधिकारी, न्यायाधीश, इन्जिनियर वा वकिल बन्न सक्ने क्षमता भएको हुन्छ ।