ग्रहचक्रमा आएको परिवर्तनले अबको ४५ दिन यी ३ राशिलाई अत्यन्तै शुभ, हुनेछ लाभै-लाभ !

काठमाडौँ : ज्योतिष शास्त्रमा बुध ग्रहलाई बुद्धि, तर्क, संवाद, चलाखी र व्यापारको कारक ग्रह मानिन्छ। बुध ग्रहको कृपा भएमा व्यक्तिले मनग्य धन आर्जन गर्नुका साथै आफ्नो प्रतिभाबाट इज्जत पनि पाउँछ । अहिलेको अवस्थामा बुध मकर राशिमा अवस्थित छन् र मार्च ६, २०२२ सम्म यो स्थितिमा रहनेछ। मकर राशिमा बुधको राशि परिवर्तनले ३ राशिका मानिसका लागि निकै शुभ हुने भएको छ ।

ज्योतिष शास्त्रमा बुधलाई शुभ ग्रह मानिन्छ । यदि बुध ग्रहले शुभ फल दिन्छ भने सुतेको व्यक्तिको भाग्य पनि जाग्ने मान्यात रहेको छ । यस ग्रहबाट शुभ फल प्राप्त गर्नको लागि हरियो रंगको प्रयोग गर्नुपर्छ। जस्तै, हरियो सागसब्जी खाने, हरियो लुगा लगाउने, गाईलाई हरियो चारा खुवाउने । जान्नुहोस् बुध ग्रहको कृपाले आगामी ४५ दिनसम्म कुन ३ राशिका मानिसलाई शुभ हुनेछ ।

वृष राशि

वृष राशिका व्यक्तिहरूले यस अवधिमा आफ्नो करियरमा सफलता ठूलो प्राप्त गर्नेछन्। धन लाभ हुनेछ । परिवारमा हुने शुभ कार्यमा धन खर्च हुनेछ ,साथै परिवारसँग राम्रो समय बित्नेछ। यो समय करियरका साथै व्यक्तिगत जीवनको लागि शुभ साबित हुनेछ।

वृश्चिक राशि

वृश्चिक राशिका लागि यो राशि परिवर्तनको समय निकै लाभदायक रहनेछ । रोकिएका कामहरु सुचारु हुनेछन् । करियरमा सफलता मिल्नेछ । बेरोजगारले रोजगारी पाउनेछन् । धन लाभ हुनेछ । आम्दानी बढ्नेछ। मीठो बोलेर राम्रो छवि बनाउन सकिनेछ ।

धनु राशि

धनु राशिका व्यक्तिहरुलाई यी ४५ दिनमा हरेक काममा सफलता मिल्नेछ । राम्रो कामको प्रशंसा हुनेछ। मानिसहरू तपाईबाट प्रभावित हुनेछन्। पुरानो लगानीबाट लाभ मिल्नेछ । यस समयमा धनु राशिका व्यक्तिले घर वा कार किन्न सक्नुहुन्छ। विशेष गरी विद्यार्थीहरूका लागि यी समय निकै राम्रो रहेको छ, कुनै पनि परीक्षामा सफलता मिल्न सक्छ।

प्रकाशित : बिहिबार, माघ ०६, २०७८१०:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिदेव १४१ दिनसम्म उल्टो चाल चल्दै, यी ४ राशि रहनुहोस् सावधान