भोलि माघ ६ गतेको पञ्चाङ्ग : –
•• दिन – बिहीवार •• नक्षत्र – अश्लेषा , ८:०३ बजे उप्रान्त मघा •• तिथि – द्वितिय , ७:१५ बजे उप्रान्त तृतीया •• करण – गर ७:१५ बजेदेखि वव , १९:३३ बजे उप्रान्त वालव •• योग – आयुष्मान् , १५:४३ बजे उप्रान्त सौभाग्य •• माघ ०६, २०७८, बिहीवार •• 20 January, 2022 •• द्वितीया, माघ कृष्णपक्ष •• पोहेलाथ्व, ११४२ ने.सं. •• सूर्योदय(sunrise) – ६:५७ •• सूर्यास्त(sunrise) – १७:३३ •• शुभ साइत – होम गर्ने साइत ••
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
तपाईको दिन शुभफलदायी रहला। विचारमा शिघ्र परिवर्तन हुने योग छ। महत्त्वपूर्ण कार्यको अन्तिम निर्णय लिन सरल छैन। कार्यको सन्दर्भ वा कुनै विशिष्ट कारणले यात्रामा जानुहुने योग छ। बौद्दिक एवम् तार्किक विचार विनिमय हुन सक्ला। कुनै महिलासँग विवादमा नउत्रिनुहोला।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
मनलाई स्थिर बनाईराख्नुहोला। सकेसम्म यात्रालाई टाल्नुहोला। कुनै नयाँ कार्यको प्रारम्भ नगरेकै राम्रो साबित हुन्छ। लेखक, कलाकार एवम् सल्लाहकारको लागि अनुकुल दिन छ। निर्णय लिन नसक्दा अवसर गुमाउनुहुन्छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
भगवानको कृपाको कारण आर्थिक दृष्टिकोणले दिन लाभदायी छ। स्वादिष्ट एवम् उत्तम भोजनको आनन्द लिन सक्नुहुन्छ। उपहार पाप्त गर्दा मन आनन्दित रहला। निषेधात्मक विचारलाई मनमा आउन नदिनुहोला। स्वास्थ्य राम्रो रहला।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
महत्त्वपूर्ण निर्णय लिन सक्नु हुनेछैन। आफन्तसँग मनमुटावको प्रसंग आउन सक्ला। बोलिमा विशेष ध्यान राख्नुहोला। पारिवारिक कार्यमा खर्च हुने योग छ। मानहानि र धन हानिबाट बच्नुहोला।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
तपाईको दिन शुभ फलदायी छ। मित्र वा स्त्री मित्रबाट विशेष लाभ प्राप्त गर्नुहुन्छ। कुनै सुन्दर ठाउँ वा पर्यटक स्थलमा जाने योग छ। अनिर्नायक्ताको कारण हातमा आएको अवसर गुमाउनु हुन्छ। व्यापार एवम् आर्थिक लाभ हुने योग छ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
नयाँ कार्यको आयोजन सम्पन्न हुनेछ। व्यापारी एवम् पेसागत व्यक्तिको लागि शुभ समय छ। व्यापारमा लाभ एवम् पेसामा पद्दोन्नति हुने योग छ। पिताबाट लाभ होला। परिवारमा आनन्दमय वातावरण बनिरहनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
व्यावसायिक क्षेत्रमा लाभ हुने योग छ। लामो दुरीको यात्रा वा कुनै धार्मिक स्थलमा जानको लागि आयोजन गर्नुहुन्छ। लेखनकार्य एवम् बौद्दिक क्षेत्रमा सक्रिय रहनुहुन्छ। शारीरिक अस्वस्थताको अनुभव होला। व्यवसायमा सहकर्मीको सहयोग प्राप्त होला।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
तपाईको दिन शान्तिपूर्वक वा सावधानीपुर्वक बित्नेछ। नयाँ काममा असफलता प्राप्त हुने योग छ। सरकार विरोधी प्रवृत्तिबाट टाढा रहनुहोला। खर्च बढेपछि आर्थिक संकट खडा होला। नयाँ कार्यको प्रारम्भ नगरेकै राम्रो होला।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
तपाईको दिन आनन्दपुर्वक बित्नेछ। मनोरंजनको प्रसंगबाट मन प्रफुल्लित रहनेछ। विपरीत लिङ्गीय व्यक्तिसँग प्रेममय आनन्द मिल्नेछ। लेखन कार्यको लागि अनुकुल दिन छ। मित्रसँग यात्रा वा पर्यटनको आयोजन हुन सक्छ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
व्यापार विकासको लागि अनुकुल दिन छ। व्यवसायमा आआफ्नो आयोजन अनुसार कार्य गर्न सक्नुहुन्छ। पैसाको लेनदेनमा सफलता मिल्नेछ। व्यापार सम्बन्धित कार्यमा बाधा उत्पन्न होला। साथीको सहयोग प्राप्त होला।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
तपाईको बोलि तथा विचारमा शिघ्र परिवर्तन हुनेछ। बौद्दिक चर्चामा जोडिनु हुनेछ। लेखनकार्य तथा सिर्जनात्मक प्रवृत्तिबाट आनन्द मिल्नेछ। आकस्मिक खर्च हुने योग छ। स्वास्थ्यमा समस्या हुँदा पेट सम्बन्धित पीडा हुन सक्छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
तपाईमा उत्साह तथा स्फूर्तिको कमी रहनेछ। परिवारसँग वादविवादमा नउत्रिनु होला। शारीरिक तथा मानसिक अस्वस्थता अनुभव होला। केहि अप्रिय घटनाले मन खिन्न रहनेछ। पेसागत चिन्ता रहनेछ।