ज्योतिषशास्त्रमा बृहस्पतिलाई सबैभन्दा शुभ ग्रहको दर्जा दिइएको छ। बृहस्पतिलाई धनु राशि र मीन राशिको स्वामी ग्रह मानिन्छ। यस ग्रह कर्कट राशिमा उच्च रहन्छ भने मकर राशिमा नीच रहन्छ। ज्योतिष शास्त्रमा यस ग्रहलाई ज्ञान, गुरु, शिक्षा, धार्मिक कार्य, दान, पुण्य, धन र वृद्धि आदिको कारक मानिन्छ। २० नोभेम्बर २०२१ बाट गुरु कुम्भ राशिमा विराजमान छन्। जहाँ यो अप्रिल १३ सम्म रहनेछन्। त्यसपछि आफ्नै राशि मीन राशिमा प्रवेश गर्नेछ। जान्नुहोस् कुन ४ राशीका लागि यो समय निकै शुभ मानिएको छ।
मेष राशि
बृहस्पति यस राशिको आय, लाभ र इच्छाको एघारौं घरमा गोचर गर्दैछ। यो समयमा विवाहित व्यक्तिको जीवन सुखमय हुनेछ। २०२२ तपाईंको लागि धेरै सकारात्मक वर्ष हुनेछ। तपाईं यस गोचर अवधि सन्तुष्टिले पूर्ण हुनुहुनेछ। करियरमा राम्रो प्रगति हुने सम्भावना छ। जागिरमा पदोन्नति हुनुका साथै आम्दानी पनि बढ्न सक्छ।
मिथुन राशि
यो गोचर तपाईंको लागि विशेष लाभदायक साबित हुनेछ। यस अवधिको पूरा फाइदा उठाउनुहुनेछ। किनभने यस समयमा तपाईंले गर्नुहुने सबै काममा सफलता प्राप्त गर्ने बलियो सम्भावनाहरू छन्। ठूला लक्ष्य प्राप्तिको लागि यो समय अनुकुल रहेको छ।
सिंह राशि
यस अवधिमा तपाईंलाई हरेक काममा ठूलो सफलता मिल्ने सम्भावना छ। आर्थिक अवस्था पहिलेको भन्दा बलियो हुनेछ। यो समय तपाईंको जीवनको लागि धेरै सकारात्मक देखिन्छ। तपाईंको निर्णय क्षमता बढ्नेछ। जागिर परिवर्तन गर्ने सोचमा हुनुहुन्छ भने यो समय तपाईंको लागि निकै अनुकूल देखिन्छ।
तुला राशि
अप्रिल १३ सम्मको समय पनि यस राशिका मानिसका लागि निकै सकारात्मक देखिन्छ। यस अवधिमा हात हालेका हरेक काममा सफलता मिल्ने सम्भावना छ। तपाईंको आर्थिक स्थितिमा सुधार आउनेछ। सरकारी जागिरका लागि तयारी गर्नेहरूका लागि पनि यो समय निकै अनुकूल देखिन्छ।