आज घरको यस स्थानमा राख्नुहोस् कौडा, माता लक्ष्मी र सूर्यदेवले चम्काउने छन् भाग्य !

माघे संक्रान्ति सूर्य देवको कृपा पाउनको लागि निकै विशेष हुनेछ । यस दिन भगवान विष्णु र लक्ष्मीको पनि पूजा गर्नु निकै शुभ मानिन्छ । जसको प्रभावको कारण वर्षभरिको काममा सफलता मिल्नुको साथै धेरै धन प्राप्त हुने मान्यात रहेको छ । सौभाग्यवश आज लक्ष्मीको दिन पनि हो। यस्तो अवस्थामा आज गरिएको एउटा साधारण उपायले वर्ष भर नै प्रशस्त धन लाभ हुने मान्यता रहेको छ ।

माघे संक्रान्तिको दिन सफा १४ वटा कौडा लिनुहोस् । यसलाई केसरी मिश्रित दूधले अभिषेक गर्नुहोस् र त्यसपछि तिनीहरूलाई गंगाजलले धुनुहोस् र सफा प्लेटमा राख्नुहोस्। त्यसपछि माता लक्ष्मीको तस्वीर तथा मूर्ति अगाडी एउटा सुद्ध गाईको घिउको दियो बल्नुहोस् । यसपछि देवी लक्ष्मीको ध्यान गरेर १४ पटक ओम संक्रान्ताय नमः मन्त्रको जप गर्नुहोस्। त्यसपछि राति १२ बजे माता लक्ष्मीको आगाडी राखेका कौडा उठाएर विभिन्न सफा ठाउँमा राख्नुहोस्। यस्तो गर्नाले घरमा माता लक्ष्मीको वास सदैव रहन्छ र धेरै आशीर्वाद रहनेछ ।

साथै भोलिको दिन कालो तिल र सखर दान गर्नुहोस् । भोलिको दिन तिल र सखर दान गर्नाले विवाहित व्यक्तिको जिवनमा सौभाग्य र सुख बढाउँछ । साथै परिवारलाई संकटबाट बचाउन परिवारका सदस्यको एक मुट्ठी कालो तिल ७ पटक टाउकोमा घुमाएर घरको उत्तर दिशामा फालिदिनुहोस् । हरेक काममा प्रगति हुन थाल्नेछ।

प्रकाशित : शुक्रबार, पुष ३०, २०७८१५:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ग्रहको राजा सूर्यको राशि परिवर्तन, यी ४ राशिलाई अत्यन्तै शुभ: चम्किनेछ भाग्य !