आज सूर्य देव धनु राशिबाट मकर राशिमा प्रवेश गर्दै छन्। ज्योतिषशास्त्रका अनुसार सूर्य शनिको राशिमा गोचर हुन लागेको हो। सूर्यको यो गोचर आज दिउँसो २ः२९ बजे हुनेछ। सूर्यको यो गोचरले सबै राशिहरूलाई असर गर्नेछ। यस्तो अवस्थामा सूर्यको राशि परिवर्तनले कुन राशिमा सकारात्मक प्रभाव पार्छ त ? जान्नुहोस्….
मेष राशि
नोकरीमा पदोन्नतिको सम्भावना रहेको छ। सरकारी कामबाट फाइदा हुने देखिन्छ। यो अवधिमा तपाईंले प्रभावशाली व्यक्तिहरूसँग निकटको सम्बन्ध स्थापना गर्न सक्नुहुन्छ।
सिंह राशि
सरकारी काममा लाभ मिल्नेछ। शत्रुहरु परास्त हुनेछन्। हरेक काममा सफलता मिल्नेछ। कपडा खरिदमा धन खर्च हुनेछ।
वृश्चिक राशि
व्यापारमा अड्किएको धन प्राप्त हुनेछ। अदालतसँग सम्बन्धित काममा विजय प्राप्त हुनेछ। कुनै पनि ठूला रोगबाट मुक्ति पाउन सकिन्छ। सामाजिक प्रतिष्ठा बढ्नेछ। सन्तानबाट सम्मान प्राप्त हुनेछ।
मीन राशि
सूर्यको यो गोचरले धनसम्पत्तिमा वृद्धि गराउनेछ। पेसा तथा जागिरमा प्रगति हुनेछ। वाहन सुख प्राप्त हुने सम्भावना उच्च रहेको छ। यो समय लगानीका लागि लाभदायक साबित हुनेछ।