पछिल्लो केही दिनमा बलिउड अभिनेत्री सुष्मिता सेनका केही तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । अभिनेत्रीले यस भन्दा पहिले विवाह नै नगरी दुई दुई छोरीलाई धर्म पुत्रीको रुपमा लिएकी थिइन् । उनको यस कार्यले मानिस हरुले अभिनेत्रीको तारिफ गरेका थिए ।
बलिउड अभिनेत्री सुष्मिता सेनलाई ती अभिनेत्री भन्दा फरक पर्दैन जसले मानिसहरुलाई धेरै पटक राम्रो कामको लागि प्रेरित रहेकी छिन् । अहिले सामाजिक सञ्जालमा सुष्मिता सेनका केही तस्वीरहरु भाइरल भइरहेका छन् । केही समय पहिले देखि नै अभिनेत्रीले विवाह बिना नै दुई छोरीलाई साथ लिएर यस्तो उदाहरण काम गरेकी थिइन् त्यसपछि सबैले उनको तारिफ गरेका थिए ।
अहिले अभिनेत्री सुष्मिताले तेस्रो सन्तानलाई धर्मपुत्र बनाएको खबर भारतीय सञ्चार मध्यममा सार्वजनिक भएको छ । सुष्मिताका केही तस्वीर र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । सार्वजनिक भएको तस्वीरमा अभिनेत्री सुष्मिता उनको तेस्रो सन्तानको साथमा देखिएकी छिन् ।
सार्वजनिक तस्वीर हरुमा अभिनेत्री सुष्मिताको साथमा उनका छोरी अलिसा र रेने पनि देखिएका छन् । उनले विवाह नगरी दुई छोरी धर्म पुत्रीको रुपमा लिएर उदाहरणीय काम गरेकी थिइन् भने अब छोराको रुपमा एक बालकलाई धर्मपुत्र लिएर उनले फेरि उदाहरणीय काम गरेकी छिन् । अभिनेत्रीको यस कामलाई फ्यानहरुले निकै तारिफ गरिरहेका छन् ।