हरेक मानिस आफ्नो जीवन सुखमय होस् भन्ने चाहना राख्छ । त्यसका लागि उसले हर-सम्भव प्रयास गर्छ । हरेक लगनसिल मानिसहरू कडा परिश्रम गर्छन् ताकि उनीहरूले जीवनमा आर्थिक समस्याहरूको सामना गर्नु नपरोस् । तर केही मानिसलाई जीवनमा जति नै मेहनत गरे पनि खुसी हुन् सक्दैनन् । गरुड पुराणमा भनिएको छ, यसको पछाडि मानिसको आफ्नै कर्ममा भर पर्छ । गरुड पुराणका अनुसार केही गल्तीका कारण मानिस जीवनभर सुखी रहन सक्दैन । यस प्रकार छन् ती गल्तीहरु….
गरुड पुराण अनुसार रातको समयमा भुलेर पनि दही खानु हुँदैन । दही स्वास्थ्यका लागि फाइदाजनक भए पनि राती सेवन गर्दा उमेर घट्ने धार्मिक मान्यता रहेको छ । धनी मानिसले अरुलाई अपमान गरेको देख्न सकिन्छ । गरुड पुराण अनुसार यस्तो गर्नु एक प्रकारको पाप हो । जसले यस्तो गर्छ वा धनको घमन्ड गर्छ, उनीहरुको धनकी देवी लक्ष्मी उनीहरुबाट टाढा रहन्छिन् ।
गरुड पुराणका अनुसार सधैँ धनको लोभ गर्ने मानिस कहिल्यै सुखी हुन सक्दैनन् । यसबाहेक अरुको धन खोस्न कोसिस गर्नेलाई व्यक्तिलाई पनि कुनै जन्ममा सन्तुष्टि मिल्दैन। गरुड पुराणका अनुसार अरुको निन्दा वा आलोचना गर्नु पाप हो । यस्तो अवस्थामा व्यक्तिले सधैँ आफ्नो काममा ध्यान दिनुपर्छ। यस्ता व्यक्ति जीवनमा कहिले सफल हुन सक्दैनन् ।
गरुड पुराणका अनुसार सधैँ नयाँ होस् या पुरानो कपडा लगाउँदा सफा लगाउने बानी गर्नुपर्छ । किनकि यस्तो स्वभावको कमी भएका मानिस मानिसको जीवनमा सधैँ धनको कमी हुन्छ । यस्ता मानिससँग लक्ष्मी एक क्षण पनि बस्दैनन्।