जीवनमा संकट आएको समयमा यी ४ कुरामा राख्नुहोस् ध्यान, सहजै हुनेछ समस्याको समाधान !

जीवनमा धेरै प्रकारका समस्या र संकट आउन सक्छ । कहिलेकाहीँ हामी ती समस्यालाई सजिलै पार गरन सक्छौँ भने कहिले ती समस्याबाट बाहिर निस्कने उपाय भेट्न निकै मुस्किल हुन्छ । यस्तो समयका लागि महान कूटनीतिज्ञ तथा मार्गदर्शक आचार्य चाणक्यले ४ वटा निकै उपयोगी कुराहरु बताउनु भएको छ । संकटको समयमा आचार्य चाणक्यको यस्ता भनाइ कार्यान्वयन भयो भने निकै फाइदा हुने मान्यता रहेको छ ।

यस्ता ४ कुराले संकटबाट दिलाउछ मुक्ति

चाणक्य नीतिमा भनिएको छ की संकट जतिसुकै ठुलो होस्, योजनाबद्ध ढंगले सामना गर्ने हो भने सहजै निकास निस्कन्छ र यसलाई पार गर्न कम समय लाग्छ। तसर्थ जहिले पनि संकटमा पर्नु भयो भने त्यसलाई शान्त दिमागले विश्लेषण गर्नुहोस् र त्यसको सामना गर्ने नीति बनाउनुहोस्।

जो व्यक्ति वरपरका चीजहरू र परिस्थितिहरूको  बारेमा सचेत हुन्छ त्यस्ता व्यक्तिले समय मै संकटको अनुभूति गर्छ। यस्तो स्वभाले उसलाई संकटबाट उम्कन धेरै समय दिन्छ। त्यसैले सधैँ सचेत र सजग रहनुहोस्।

जो शक्तिशाली हुन्छन् । त्यस्ता मानिस सजिलै ठूलो संकटबाट बाहिर निस्कन्छन्। यसका लागि मन र शरीर दुवैमा शक्तिशाली हुनु आवश्यक छ । आफूलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउन सधैँ काम गरिरहनुहोस्। यस्ता व्यक्तिहरू सधैँ हरेक चुनौतीलाई जितेर सफल हुन्छन्। यसका लागि संकटको आगमनको लागि पर्खिनुहुँदैन, तर पहिलेदेखि नै तयार राख्नुहोस् ।

सकारात्मक सोचलाई कहिल्यै नछोड्नुहोस्। कुनै पनि अवस्थामा साहसका साथमा रहनुहोस्। यो सोचले तपाईको अवस्था बदल्नेछ र तपाई हरेक स्थानमा विजय हुनुहुनेछ ।

प्रकाशित : मङ्गलबार, पुष २७, २०७८१३:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुण्डलीमा यी ३ ग्रह कमजोर हुँदा यस्ता गम्भीर रोग लाग्ने खतरा