वृष राशि

यस हप्तामा वृष राशि भएका व्यक्तिका लागि सुख र सौभाग्यले भरिपूर्ण रहनेछ । परिवारमा सबै प्रकारको सुख-समृद्धि छाउनुको साथै घरमा केही शुभ कार्य हुन सक्छ जसले परिवारका सदस्यहरू बीच मेलमिलाप बढ्नेछ। रोजगारीमा रहेका हरुलाई कार्य क्षेत्रमा राम्रो सफलता मिल्नेछ । भौतिक सुखमा खर्च बढ्न सक्छ ।
मिथुन राशि

यो साता मिथुन राशि भएका मानिसलाई यो साता निकै फलदाही रहेको छ । रोजगारीको नयाँ अवसर मिल्नेछ । व्यापार व्यवसाय गर्नेहरुका लागि यो साता नाफा कमाउने साता रहनेछ । पैतृक सम्पत्तिको बिक्रीबाट लाभ मिल्ने सङ्केत रहेको छ । दाम्पत्य जीवनमा मधुरता रहनेछ।
सिंह राशि

सिंह राशिका लागि यो साता निकै लाभदायक हुनेछ । अचानक धन लाभ हुने सम्भावना रहेको छ । यो साता लेनदेनमा सावधानी अपनाउनु पर्नेछ । प्रतियोगिताको तयारीमा जुटेका विद्यार्थीहरुको लागि यो समय शुभ रहेको छ । यो साता परिवारमा हाँसो र खुशीका साथ समय बिताउन पाइनेछ।
तुला राशि

यस हप्ता तुला राशि भएका लागि धन र सफलता प्राप्त गर्ने साता रहनेछ। आर्थिक मामिलामा यो साता शुभ समाचार सुन्न पाइनेछ । यो साता योजना बनाएर अगाडि बढ्न सकिनेछ । जसले निकै फाइदा पुग्नेछ । जग्गा जमिनमा आर्थिक लगानी गर्नको लागि समय निकै शुभ रहनेछ ।
मीन राशि

यस हप्ता मीन राशि भएका व्यक्तिहरूले करियर र व्यापारमा नयाँ अवसर प्राप्त गर्नेछन्। कार्यस्थलमा कुनै परियोजनाबाट धन लाभ हुने सम्भावना छ। नोकरी गर्नेहरुका लागि यो साता निकै शुभ रहनेछ । परिवारका साथ कतै घुम्न जान अवसर मिल्नेछ ।
