माघे संक्रान्तिमा अवश्यै दान गर्नुहोस् यी १० चीज, कहिल्यै हुँदैन धनको कमी

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ देखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् ।

उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले उक्त दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ। यी ठाउँमा विशेष मेला समेत लाग्ने गर्छ ।

तराईवासीले माघ १ लाई नहान अर्थात नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउने तराईवासीले भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्। बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ।

उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

यस दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मानिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए। यस दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्छ ।

माघ महिनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।

संक्रान्तिमा स्नान र दानको विशेष महत्व छ। यस दिन गरिएको दानले कैयौँ गुणा फल दिने लोकमान्यता छ। यस दिन कुन-कुन वस्तु दान गर्नु शुभ मानिन्छ, जानौँ।

१. तिल : –

मकर संक्रान्तिमा तिल दान गर्नु शुभ मानिन्छ। तिल दान गर्दा शनिदेव प्रसन्न हुन्छन्।

२.खिचडी : –

मकर संक्रान्तिको दिन खिचडी खानु जत्ति शुभ हुन्छ, दान गर्नुपनि त्यत्ति नै शुभ मानिन्छ।

३. सख्खर : –

यस दिन सख्खर दान गर्नु पनि शुभ मानिन्छ। सख्खर दान गर्दा सूर्यदेवको कृपा प्राप्त हुन्छ।

४. तेल : –

यस दिन तेल दान गर्दा शुभ मानिन्छ। यसो गर्नाले शनिदेवको कृपा प्राप्त हुन्छ।

५. अन्न : –

मकर संक्रान्तिको दिन पाँच प्रकारका अन्न दान गर्दा सबै खाले मनोकामना पूरा हुन्छन्।

६. घ्यु : –

यस दिन घ्यु दान गर्दा करियरमा सफलता मिल्छ।

७. नुन : –

यस दिन नुनको नयाँ प्याकेट दान गर्नुहोस्। यसले शुक्रलाई बलियो बनाउँछ।

८. कम्बल : –

यस दिन कम्बल दान गर्नु शुभ हुन्छ। यसले राहु र शनि शान्त हुन्छ।

९. आहार : –

यस दिन गाईलाई हरियो घाँस खुवाउँदा शुभ हुन्छ।

१०. नयाँ वस्त्र : –

यस दिन गरिब र दरिद्रलाई नयाँ कपडा दान गर्नुपर्छ।

प्रकाशित : शनिबार, पुष २४, २०७८१५:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

रोचक: संसारको सबैभन्दा ठूलो हिन्दू मन्दिर भएको देश, तर यहाँ कोही पनि छैनन् हिन्दु!