अल्लु अर्जुनका फ्यानहरूका लागि खुसीको खबर, यस दिन ओटीटीमा रिलिज हुँदै फिल्म ‘पुष्पा’

दक्षिण भारतका चर्चित अभिनेता अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा’ ले दर्शक र समीक्षकबाट निकै प्रशंसा पाएको छ । फिल्मले पहिलो दिनदेखि बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । तर अझै पनि धेरै दर्शक छन् जसले यो फिल्म हेर्न चाहँदा पनि हलसम्म जान सकेका छैनन् । अब त्यस्ता दर्शकका लागि निकै ठूलो खुसीको खबर आएको छ ।

वास्तवमा यो फिल्म अब चाडै नै अमेजन प्राइम भिडियोमा रिलिज हुन लागेको छ । यो खबरको पुष्टि अहिले अमेजन प्राइमले नै गरेको छ । यस खबरलाई अमेजन प्राइमले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी हराएको छ । ‘पुष्पा: द राइज’ जनवरी ७ बाट ‘ओटीटी’ मार्फत प्रसारण हुनेछ । भारतीय फिल्ममा यो फिल्म सन २०२१ को सबैभन्दा धेरै कमाउने फिल्म हो।

यस कुराको निर्णय अहिलेको समयमा भारतको विभिन्न स्थानमा कोरोना संक्रमितको सङ्ख्या बढेसँगै यस फिल्मलाई विभिन्न सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने निर्णय गरिएको हो ।

प्रकाशित : बिहिबार, पुष २२, २०७८१७:४९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुन्दरतामा छोरी भन्दा एक कदम अगाडी छिन् अभिनेत्री श्वेता, देखिइन् यस्तो रुपमा !