भारतका चर्चित कमेडियन र टिभी होस्ट कपिल शर्माले बुधबार आफ्नो सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै नेटफ्लिक्सको विशेष घोषणा गरेका छन् । उनी जनवरी २८ मा प्रिमियर हुने विशेष शो ‘कपिल शर्माः आइ एम नट डन यट’ मा पहिले कहिल्यै नदेखेको अवतारमा देखिने भएका छन् । कपिले सर्वाजनिक गरेको भिडियोमा एक रमाइलो कुरा सुनाएका छन् ।
कपिलको नेटफि-ल्क्समा पहिलो भिडियो हो । प्रमोशन भिडियोमा कपिलले भनेका छन्, ‘म यस कमेडी इन्डस्ट्रीमा २५ वर्षदेखि र टिभी इन्डस्ट्रीमा करिब १५ वर्षदेखि काम गरिरहेको छु । मैले कमेडीलाई कहिल्यै गम्भीरतापूर्वक लिएको छैन किनभने हामी मजाक गर्छौं। किनभने हामी पञ्जाबी हौँ र हामीलाई मजाक गर्न मन लाग्छ। तर मलाई थाहा थिएन कि यो त्यस्तो चीज हो जसको लागि तपाईले पैसा पनि पाउन सक्नुहुन्छ।’
Don’t tell Netflix that I have leaked the footage 😜 “kapil sharma: I am not done yet”! @NetflixIndia @beingu_studios #kapilsharmaonnetflix ❤️🙏 pic.twitter.com/WlcHru0rUP
— Kapil Sharma (@KapilSharmaK9) January 5, 2022
अहिले शोक निर्माता कपिल शर्माको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा कपिल शर्माले मादक पदार्थको नशामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीट गर्दाको समयबारे खुलेर बोलेको देखिन्छ । ‘म तुरुन्तै माल्दिभ्स गएँ । म त्यहाँ ८-९ दिन बसेँ उदाहरणका लागि, जब म माल्दिभ्स पुगेँ मैले होटलका कर्मचारीहरूलाई इन्टरनेट बिना कोठाको लागि सोधेँ उसले सोध्यो, के तपाइले भर्खरै विवाह गर्नु भएको हो ? ‘ मैले जवाफ दिएँ, ‘होइन, मैले भर्खर ट्विट गरे’।
Let’s meet on 28th January on your Netflix screen 📺 with my first stand up special “Kapil sharma: I m not done yet”! #kapilsharmaonnetflix @NetflixIndia @netflix @beingustudios @GoswamiAnukalp pic.twitter.com/e0EaUt5xnB
— Kapil Sharma (@KapilSharmaK9) January 5, 2022
कपिले थापा भने ‘मैले पढाइमा पनि त्यति खर्च गरिन होला जति माल्दिभ्स बसाइमा भयो’ गत वर्ष आफ्नो नेटफ्लिक्स डेब्यूको मजाक गर्ने क्रममा कपिलले एक ट्वीटमा लेखेका थिए, ‘अङ्ग्रेजीमा राम्रो समाचारलाई के भनिन्छ ? कपिलले ट्विट गर्दै लेखेका छन्, ‘भोलि एउटा राम्रो खबर सार्वजनिक गर्नेछु, मतलब एक ‘शुभ’ खबर। पछि नेटफ्लिक्स इन्डियाले एउटा भिडियो जारी गरेको थियो, जसमा कपिलले आफ्नो परिचय दिइरहेका थिए र ‘शुभ’ उच्चारण गर्न सक्दो प्रयास गरिरहेका थिए।