एजेन्सी- बलिउड अभिनेत्री पछिल्लो समयमा फिल्म क्षेत्रबाट केही टाढा भएकी छिन् । तर फ्यानमा उनको क्रेज भने कम भएको छैन । यस्तो अवस्थामा अभिनेत्री माधुरीले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरको कारण चर्चामा आएकी छिन् ।
बलिउड क्षेत्रमा ‘धक–धक गर्ल’ भनेर चिनिने माधुरी दीक्षित पछिल्लो समय फिल्ममा कमै देखिने गर्छिन् । तर अभिनेत्री सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानसँग सधैँ जोडिइरहन्छिन् । उनी प्रायः आफ्ना स्टाइलिस फोटो र भिडियो शेयर गरेर फ्यानहरुको तारिफ बटुली रहेकी छिन् ।
अहिले फेरि एक पटक माधुरी आफ्ना केही तस्बिरलाई लिएर चर्चामा आएकी छिन् । जसमा उनले अभिनेत्रीको नयाँ देख्न सकिन्छ । यो तस्बिरमा माधुरीको नयाँ लुक देख्न सकिन्छ ।
तस्बिरमा देख्न सकिन्छ अभिनेत्रीले आफ्नो कपाल केही छोटो बनाएकी छिन् । जुन उनलाई निकै सुहाएको छ । तस्बिरमा देख्न सकिन्छ माधुरीले कालो रंगको ड्रेस लगाएकी छिन् र हल्का मेकअप गरेकी छिन् । यससँगै उनले क्याप्सनमा लेखेका छन्, ‘नयाँ वर्ष नयाँ म।’
यसअघि पनि अभिनेत्री माधुरीले आफ्नो केही तस्बिर सार्वजनिक गरेकी थिइन् । साथै भिडियो पनि शेयर गरेकी थिइन् । जसमा उनी कालो र खैरो प्रिन्टेड टप, कालो ज्याकेट र लूज कालो प्यान्ट लगाएका थिइन् । त्यस समयमा पनि अभिनेत्रीले सार्वजनिक गरेको तस्बिर निकै भाइरल भएको थियो ।