तनावमा कट्रिना: विवाह गरेको केही समयमा नै विक्की विरुद्ध प्रहरीमा उजुरी लग्यो चोरीको आरोप !

एजेन्सी- केही दिन पहिले अभिनेत्री कट्रिना कैफसँग विवाह बन्धनमा बाँधीएका बलिउड अभिनेता विक्की कौशल अहिले समस्यामा परेका छन् । अहिले उनी विरुद्ध प्रहरीमा चोरीको उजुरी परेको छ ।

बिहे गरेको तीन साता नबित्दै अभिनेता विक्की कौशलको समस्या झनै बढ्न थालेको छ । उनीहरु विरुद्ध हालै एक केस दर्ता भएको छ । विक्की अहिले सारा अली खानसँगको एक फिल्मको सुटिङमा व्यस्त छन् । जुन फिल्मको नाम अहिलेसम्म खुलाएको छैन । अहिले विक्की र सारा भारतको मध्य प्रदेशको इन्दौरमा सुटिङ गरिरहेका छन् । विक्की विरुद्ध किन एफ-आईआर दर्ता गरिएको हो, यस्तो रहेछ कारण ।

केही दिनअघि फिल्मको सुटिङका ​​क्रममा विक्की र साराको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । विक्की कौशल आफ्नो भाइरल फोटोका कारण समस्यामा परेका छन् । एक व्यक्तिले आफ्नो बाइकको नम्बर चोरेको आरोप लगाएका छन् ।

उजुरीकर्ता जयसिंह यादवले फिल्मको एउटा दृश्यमा प्रयोग भएको बाइकको नम्बर उनको भएको बताएका छन् । उनले भनेका छन् ‘मलाई थाहा छैन फिल्म युनिटलाई यो कुरा थाहा छ वा छैन, तर यो अवैध छ। तिनीहरूले मेरो अनुमति बिना बाइक नम्बर प्रयोग गर्न सक्दैनन्। प्रहरी चौकीमा उजुरी दिएको छु । यस विषयमा कारबाही हुनुपर्छ।’ अहिले प्रहरी घटनाको अनुसन्धानमा जुटेको छ ।

प्रकाशित : सोमबार, पुष १९, २०७८१६:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

इन्टि-मेट सीन दिएर चर्चामा आएका यी सुन्दर अभिनेत्री, कियाराले यतिसम्म गरिन् जसले सबैलाई लज्जित बनायो !