जनवरी महिनामा सूर्य देवको कृपा हुने यी ४ राशिहरु, हरेक काममा मिल्नेछ सफलता !

अहिले सन २०२२ को सुरुवात भइसकेको छ। ज्योतिष शास्त्रका अनुसार जनवरी महिनामा केही ठूला ग्रहहरुको राशि परिवर्तन हुने भएको छ । ग्रहहरुको परिवर्तनले सबै राशिका व्यक्तिको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। प्रत्येक राशिका व्यक्तिहरूमा ग्रहहरूको प्रभाव फरक फरक हुन्छ । ज्योतिष शास्त्रका अनुसार सूर्य देवको राशि परिवर्तनले ४ राशिका मानिसलाई आगामी २९ दिनसम्म सूर्यदेवको कृपा वर्षा हुने भएको छ।

मेष राशि

मेष राशिका व्यक्तिहरुको यो २९ दिन निकै शुभ हुने भएको छ, आत्मविश्वास बढ्नेछ, काममा केही नयाँ जिम्मेवारी पाउन सकिनेछ । व्यापार विस्तार हुनेछ । दाम्पत्य जीवनमा सुख मिल्नेछ। परिवारमा पिताबाट आर्थिक लाभ हुनेछ। यो महिना जनवरी १४ पछि सुरु भएका नयाँ कामबाट लाभ मिल्नेछ ।

वृश्चिक राशि

यस समयमा आत्मविश्वासले भरिपूर्ण भइनेछ । काममा उन्नतिको प्रशस्त अवसर मिल्नेछ । व्यापार विस्तार हुनेछ । आकस्मिक आर्थिक लाभका कारण धनको अभाव हट्नेछ । जीवन साथीसँग गुणस्तरीय सुखद बित्नेछ साथै दाम्पत्य जीवनको सुख मिल्नेछ। साथै बाहेक यो समयमा अरु धेरै फाइदाहरु मिल्ने छन् ।

कर्कट राशि

यस समयमा परिवारमा धार्मिक कार्यले मन प्रसन्न रहनेछ। आर्थिक स्थितिमा सुधार आउनेछ । नोकरी र व्यापारका लागि यो महिना निकै शुभ रहनेछ। यसका साथै काममा परिवारका सदस्यबाट साथ, सहयोग मिल्नेछ । साथीभाइसँग रमाइलो समय बित्नेछ । नयाँ व्यवसायबाट आम्दानीको योग बनेको छ ।

मीन राशि

घरमा धार्मिक कार्यको आयोजना हुनेछ । स्वास्थ्य समस्याबाट मुक्ति मिल्नेछ। मानसिक रुपमा शान्त रहनु हुनेछ । यो समयमा साथीको सहयोगले आम्दानीको स्रोत बढ्नेछ। साथै व्यापारमा आर्थिक अवस्था मजबुत रहनेछ र दाम्पत्य जीवन सुखमय रहनेछ ।

प्रकाशित : आइतबार, पुष १८, २०७८१७:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज पुष १९ गते सोमबार ,शुभ-अशुभ कस्तो रहला तपाईको दिन ? हेर्नुहोस राशिफल!