यी ५ राशिको लागि दुर्भाग्यपूर्ण रहनेछ २०२२, यी मामिलामा अपनाउनुहोस् होशियारी

काठमाडौँ : नयाँ वर्षमा अरु वर्षहरुजस्तै थुप्रै राम्रा-नराम्रा घटनाहरु घट्नुलाई स्वाभाविक मानिन्छ। ती घटनाहरु आ-आफ्नै समयमा हुने भएतापनि यो वर्ष कुन राशिको लागि शुभ र कुन राशिको लागि अशुभ रहला, हेर्नुस्। लोकप्रिय ज्योतिषाचार्यका अनुसार यो वर्ष ५ राशिका जातकको लागि केही मामिलामा कठिन रहनेछ।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

सन् २०२२ मा मेष राशिका व्यक्तिहरूका जीवनमा धेरै उतारचढावहरू आउनेछन्। वर्षको पहिलो चौमासिकमा स्वास्थ्यमा समस्या आउन सक्छ। वर्षको बाँकी समयमा पनि स्वास्थ्यामा ध्यान दिनु पर्ने देखिन्छ।

• मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका व्यक्तिहरूलाई यो वर्ष सर्वप्रथम आफ्नो करियरमा हानि र त्यसपछि लाभ हुनेछ। धन हानिको योग बनेको छ। वर्षको पहिलो चौमासिकमा धन-सम्पत्तिलाई लिएर सावधान रहनुहोला। स्वास्थ्य सम्बन्धी समस्याले पनि समस्यामा पार्न सक्छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका लागि २०२२ चुनौतीपूर्ण हुन सक्छ। अप्रिलमा शनिको राशि परिवर्तनले जीवनमा ठूलो परिवर्तन ल्याउनेछ। आर्थिक स्थितिमा नराम्रो असर पर्न सक्छ। धैर्यपूर्वक उचित समयको प्रतीक्षामा रहनु बुद्धिमानी हुनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

कन्या राशिका जातकको लागि स्वास्थ्यको दृष्टिले सन् २०२२ ठिक छैन। यसकारण यस मामिलामा बेवास्ता नगर्नुहोला। जिन्दगीका अलग-अलग मोडेमा साना-तिना समस्याको सामना अवश्यै गर्नुपर्नेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

यो वर्ष धनु राशिका व्यक्तिहरू मानसिक तनावको शिकार हुनेछ। यसबारे कुरा गर्दा सतर्कता अपनाइएन भने जीवनमा धेरै कठिनाइहरू आउन सक्छन्। घरपरिवारमा कसैसँग कटुवचन नगर्नुहोला। खासगरी जीवनसाथीसँग यस मामिलामा बढी सजग रहनुहोला।

प्रकाशित : आइतबार, पुष १८, २०७८१५:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन २०२२ को पहिलो महिना यी ५ राशिलाई माता लक्ष्मीको कृपाले अत्यन्तै शुभ हुने, हुनेछ लाभै-लाभ !