आज पुषे औँसीमा बन्यो सबैभन्दा शुभ योग, यी काम गरे घरपरिवारमा छाउनेछ खुशीयाली

काठमाडौँ : आज सन् २०२२ को पहिलो औँसी हो। हिन्दु पञ्चाङ्ग अनुसार पूर्णिमाको पन्ध्र दिनपछि आउने तिथिलाई औंसी भनिन्छ। शास्त्रमा पौष कृष्णपक्षको औंसीको विशेष महत्व रहेको छ। यस दिन पवित्र नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने जनविश्वास छ। साथै पौष कृष्ण औँसीको दिन दानको पनि विशेष महत्व छ। यसका साथै पितृदोष र कालसर्प दोषबाट मुक्ति पाउनको लागि पनि आज विशेष दिन हो। सन् २०२२ को पहिलो अमावस्याको दिन के-के उपाय गर्दा घरपरिवारमा सुख-शान्ति कायम रहन्छ, जान्नुहोस्।

पौष औँसीको दिन पवित्र नदीमा स्नान गर्नाले जीवनका सबै दुःख अन्त्य हुन्छ। यदि नदीमा स्नान गर्न सम्भव छैन भने घरको पानीमा गंगाजल मिसाएर नुहाउन सक्नुहुन्छ। यसबाहेक स्नानपछि आटाको पिठोको डल्लो बनाएर माछालाई खुवाउनुहोला।

पौष औँसीको दिन ब्राह्मणलाई भोजन गराउनु पनि शुभ हुन्छ। यस दिन ब्राह्मणहरूलाई स्नान र पूजा गरेपछि भोजन दिनुपर्छ।

पौष औँसीमा पीपल र तुलसीको बोटमा जल चढाउनुहोला। यसका साथै चारमुखी दीप प्रज्वलन गरी सुखमय जीवनको कामना गर्नुहोला। पूजा गर्दा तुलसी या पीपलको परिक्रमा पनि गर्नुहोला। यसको साथै औंसीको दिन पितृहरूका लागि दान गर्नु पनि धेरै शुभ मानिन्छ। यस दिन कुनै पनि प्रकारको सेतो वस्तु वा खाद्य वस्तुहरू दान गर्न सकिन्छ।

पौष औँसी २०२२ : सर्वार्थसिद्धि योग

पञ्चाङ्ग अनुसार पौष औँसीको दिन अपरान्ह ४ः०८ बजेसम्म सर्वार्थसिद्धि योग रहेको छ। यो योगमा जुनसुकै काम गरे पनि सफल हुने जनविश्वास छ।

पितृदोषबाट छुटकारा पाउन विशेष

पौष औँसीका दिन स्नान र दान गर्नुका साथै पितृको पूजा गर्नु पनि निकै शुभ मानिन्छ। यस दिन तर्पण, पिण्डदान, श्राद्ध आदि गर्न सकिन्छ। पितृको प्रसन्नताले जीवनमा सुख समृद्धि कायम रहने जनविश्वास रहेको छ। यससँगै पितृदोषबाट पनि मुक्ति मिल्छ। बिहान ११:१५ देखि दिउँसो २:१५ सम्मको समय पितृपूजाका लागि शुभ रहेको छ ।

पौष औँसी २०२२ तिथि र शुभ-मुहूर्त :

पञ्चाङ्ग अनुसार पौष कृष्ण औँसीको सुरुवात आज २ जनवरी बिहान ३ बजेर २६ मिनेटबाट सुरु भईसकेको छ। औँसी तिथिको समापन राति ११ बजेर ४७ मिनेटमा हुनेछ।

प्रकाशित : आइतबार, पुष १८, २०७८१४:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ राशिको लागि दुर्भाग्यपूर्ण रहनेछ २०२२, यी मामिलामा अपनाउनुहोस् होशियारी