अहिले सन २०२२ लाई लिएर मानिस हरुमा एक किसिमको कौतुहलता रहेको छ । सन २०२१ जस्तो भए पनि आगामी वर्ष सन २०२२ आर्थिक र स्वास्थ्यको हिसाबले राम्रो र सफल होस् । आफ्ना सबै इच्छाहरू पूरा गर्न पर्याप्त धन आर्जन गर्न सकियोस । यसको लागि केही सरल उपायको बारेमा बताएको छ । जसको पालना गर्नाले सन २०२२ मा धनको वर्षा हुनेछ।
कालो तिल
नुहाउने पानीमा एक चम्चा कालो तिल हाल्नुहोस्। यसो गर्नाले तपाईको धन सम्बन्धि समस्या केही दिनमै क्रमश: हटेर जानेछ। आम्दानी मात्र नभई धन आर्जनका नयाँ मार्गहरु पनि सृजना हुनेछन् ।
नुहाउने पानीमा बेसार
बेसारको सम्बन्ध वृहस्पति देवसँग सम्बन्धित छ र भाग्य वृद्धिको लागि गुरुको कृपा धेरै महत्त्वपूर्ण छ। नुहाउने पानीमा एक चिम्टी बेसार मिसाएर नुहाउनाले वृहस्पति देवको कृपाले जीवनको हरेक क्षेत्रमा शुभ फल प्राप्त हुन्छ । करियरमा प्रगति, दाम्पत्य जीवनमा सुख, धन र सबै प्रकारको सुख प्राप्त हुने मान्यता रहेको छ ।
नुहाउने पानीमा नुन
नुहाउने पानीमा एक चिम्टी नुन मिसाउँदा मानसिक तनावबाट धेरै मात्रामा राहत मिल्ने मान्यता रहेको छ । यसले व्यक्तिको नकारात्मक विचारलाई हटाई सकारात्मक बनाउँछ र जीवनका आउने कठिनाइहरू हटाउँछ।
नुहाउने पानीमा दूध
नुहाउने पानीमा दूधमा मिसाएर नुहाउँदा मानिसको खराब समय हट्ने मान्यता रहेको छ । यसो गर्नाले केही दिनमै भाग्यले साथ दिन्छ, स्वास्थ्य पनि राम्रो हुने विश्वास रहेको छ ।