एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोण(Deepika Padukone) र रणवीर सिंह(Ranveer Singh)को फिल्म ८३ रिलिज भईसकेको छ। यो फिल्ममा दीपिकाले रणवीरकी श्रीमतीको भूमिका निभाएकी छिन्। फिल्मले दर्शक तथा चलचित्र समिक्षकहरुबाट तारिफ पाइरहेको छ।
यसैबीच सामाजिक सञ्जालमा एउटा तस्विर भाइरल भइरहेको छ, जसमा दीपिकाको काखमा एउटी सानी बच्ची देखिएकी छिन्। तस्बिर हेरेपछि फ्यानहरुले विभिन्न खालका प्रतिक्रियाहरु दिईरहेका छन्।
वास्तवमा दीपिका पादुकोणका तीन फोटोहरू गायक अदनान सामी(Adnan Sami)ले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरेका छन्। तस्विरमा अदनानकी छोरी मदिना सामी खान अभिनेत्रीको काखमा देखिएकी छिन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो तस्बिर ८३ को प्रिमियर बीच खिचिएको थियो। दीपिकाको काखमा बसेकी मदिना निकै मायालाग्दी देखिन्छिन्। उनले ह्याट पनि लगाएकी छिन्।
दीपिकासँगको आफ्नी छोरीको तस्बिर शेयर गर्दै अदनाम सामीले क्याप्सनमा लेखेका छन् – ‘जब तपाई मुस्कुराउनुहुन्छ तब सारा दुनियाँ तपाईसँग मुस्कुराउँछ।(When you’re smiling, the whole world smiles with you…)’ कतिपय अदनामका फ्यान्सले उनकी छोरीलाई नचिनेर बच्ची को हो भन्दै प्रश्न गरेका छन्।
रणवीर सिंह र दीपिका पादुकोणको फिल्म ८३ ले बक्स अफिसमा खासै कमाई गर्न सकेको छैन। बक्स अफिसमा जादू देखाउन नसकेपनि फिल्ममा रणवीर र दीपिकाको मिहिनेतको सबैले प्रशंसा गरेका छन्।