एजेन्सी : सामाजिक सञ्जालका अज्ञात ट्रोलर्सले चर्चित सेलिब्रेटीहरूलाई तथानाम गाली दिईरहेका हुन्छन्। सामान्यतया: सेलिब्रेटीहरूले ट्रोलर्सलाई जवाफ फर्काउँदैनन्। तर ट्रोलर्सका नकारात्मक प्रतिक्रियाले उनीहरुका दैनिक जीवन र मानसिक स्वास्थ्यमा साँच्चै प्रभाव पारिरहेको हुन्छ। कियारा आडवाणी(Kiara Advani) ले हालै एक अन्तर्वार्तामा अनलाइन ट्रोलिङको आफ्नो अनुभव पोखेकी छिन।

उनले भनिन् – “पापाराजीहरू पनि बिना सन्दर्भ उत्तेजक क्याप्सन राखेकोमा दोषी छन्।” उनले बलिउड बबालसँगको विशेष कुराकानीमा कियाराले आफू जहाँ जाँदा पनि पापाराजीहरूले बिना सन्दर्भ फोटो खिच्ने र मनलाग्दी क्याप्सन लेखेर घृणा फैलाउने गरेकोमा असन्तुष्टि जनाईन्।

‘एकपटक मलाई याद छ कि मलाई एउटा मिटिङको लागि एकदमै ढिलो भईरहेको थियो र मैले कुनै पापाराजी आउँदैनन् भन्ने आशा गरेकी थिई। तर अचानक केही मानिसहरु आए र उनीहरु मसँग तस्बिर खिचाउन चाहन्थे। तर म साँच्चै मिटिङमा जान दौडिरहेकी थिई।’

कियाराले भनिन् – “पछि मैले इन्स्टाग्राममा एउटा भिडियो देखे जुन भिडियोमा एक जनाले जाबो एउटा तस्बिर पनि दिन नसक्नी कस्ती घमण्डी भएकी भनेर लेखेका रहेछन्। यदि म मिटिङमा ढिलो भएकी भए मलाई कति घमण्डी समयमै आउन नसक्नी भन्दै टिप्पणी गर्थे। मानिसहरुलाई कहिल्यै खुशी पार्न सकिन्न।”

वर्कफ्रन्टको कुरा गर्ने हो भने कियारा आडवाणी अन्तिम पटक सिद्धार्थ मल्होत्रासँग फिल्म ‘शेरशाह(Shershaah)’ मा देखिएकी थिइन्। उनी आउँदो फिल्म ‘जग जुग जीयो’ मा देखिनेछिन् जसमा वरुण धवन, अनिल कपूर र नीतू कपूर पनि मुख्य भूमिकामा हुनेछन्।

