अहिलेको समयमा बलिउड अभिनेत्री मेघा गुप्ताको चर्चा निकै बढेको छ । पछिल्लो समयमा मेघा अभिनयमा जस्तै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गरेकी छिन् ।अभिनेत्री मेघाले बलिउडमा अभिनेता शाहरुख खानको फिल्म ‘फ्यान’ बाट डेब्यु गरेकी हुन् । अहिले मेघाले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेकी छिन् जुन निकै भाइरल भइरहेको छ ।
सार्वजनिक तस्बिरमा अभिनेत्री नुहाउँदै गरेको देखिएको छ । तस्बिरमा मेघाले नीलो रंगको बिकिनी लगाएकी छिन् । अभिनेत्रीले उनको यस तस्बिरलाई उनको आधिकारिक इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । तस्बिर सार्वजनिक गर्दै अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन् । ‘चिसो पानीले तपाईको शरीरलाई जगाउँछ ।
मेघा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । हालै अभिनेत्रीले ड्रममा आइस क्यूब राखेर फोटो सुट गरेको तस्बिर शेयर गरेकी छिन् । यी तस्बिरमा मेघा ध्यानको मुद्रामा देखिएकी छिन् । यी तस्बिरहरू सेयर गर्दै अभिनेत्रीले सत्रको संकेत पनि गरेकी छिन् । तस्बिरमा मेघा स्टेप-टप लगाएर देखिएकी छिन् । यससँगै अभिनेत्रीले हल्का मेक-अप पनि गरेकी छिन् ।