एजेन्सी- अहिले सामाजिक सञ्जालमा बलिउड अभिनेत्री सारा अली खानको केही तस्बिर निकै भाइरल भएको छ । जसमा अभिनेत्री सारा सिउँदोमा सिन्दूर लगाएर देखिएकी छिन् ।
अहिले अभिनेता विक्की कौशल र अभिनेत्री सारा अली खानको नयाँ फिल्मको सुटिंग सुरु भएको छ । अहिलेसम्म फिल्मको नाम नखुलाए पनि अभिनेता अभिनेत्रीको सुटिंग स्थलबाट थुप्रै तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन् । त्यस्तै केही दिन पहिले विक्की र साराको एक तस्बिर निकै भाइरल भएको थियो जसमा दुवैजना बाइकमा बसेर कतै जाँदै गरेको तस्बिर भाइरल भएको थियो ।
अहिले अहिले नयाँ तस्बिरमा दुवै स्टार आफ्ना फ्यानसँग सेल्फी खिचिरहेको देखिएका छन् । अहिले सार्वजनिक भएको तस्बिरमा साराले आफ्नो सिउँदोमा सिन्दूर लगाएकी छिन् । भने अभिनेत्री साधारण पोशाकमा देखिएकी छिन् उनलाई हेर्दा यस्तो लाग्छ कि अभिनेत्री गृहिणी हुन् । तस्बिरमा विक्कीको लुक्स पनि मध्यम वर्गीय परिवारको पुरुषको जस्तो देख्न सकिन्छ ।
अहिले अभिनेत्री सारा अली खान र विक्कीको तस्बिर फ्यान हरुले निकै रुचाएका छन्, भने तस्बिरमा फ्यानहरुको लगातार लाइक र कमेन्ट आइरहेको छ । अहिले विक्की र कट्रिनाको तस्बिरमा आएको कमेन्ट हेरेर अनुमान लगाउन सकिन्छ की दुई स्टारलाई एक-अर्काको साथमा देख्न फ्यानहरु उत्सुकतापूर्वक पर्खिरहेका छन् ।