काठमाडौँ : यस वर्षको अन्तिम बिहिबार यही डिसेम्बर ३० तारिखमा परेको छ । यस दिन विशेष संयोग बनेको छ । वास्तवमा यस दिन एकादशी र बिहीबारको विशेष संयोगबनेको छ । एकादशी व्रतलाई शास्त्रमा भगवान विष्णुलाई समर्पित गरिएको छ । पौष कृष्ण एकादशीका दिन सफला एकादशी व्रत बस्ने गरिन्छ ।
यस व्रतको प्रभावले सबै प्रकारका पापबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहेको छ । सफला एकादशीको बारेमा भनिएको छ कि यो व्रत परिवारका एक सदस्यले पनि राखेमा सबै सदस्यलाई बहुगुणी फल प्राप्त हुन्छ । यस पटक भारतीय पञ्चाङका अनुसार एकादशी तिथि डिसेम्बर २९ तारिख दिउँसो ४ बजेर २७ मिनेटमा सुरु हुनेछ ।
त्यस्तै एकादशीको तिथि ३० डिसेम्बर दिउँसो १ः४० बजे समाप्त हुनेछ । सफला एकादशी व्रत डिसेम्बर ३१ तारिखमा मात्र समापन गरेको शुभ मानिन्छ । पूजाको लागि भगवानलाई बेसार-अक्षता चढाउनुहोस्। त्यसपछि धूप-दीप बाल्नुहोस् । फलफूल, पञ्चामृत, नरिवल, सुपारी, अमला, अनार र ल्वाङ आदि चढाउनुहोस्। व्रतको दिन अधिकतम समयसम्म ‘श्रीहरिको नाम’ जप गर्ने प्रयास गर्नुहोस्। यस बाहेक व्रतको भोलिपल्ट गरिबहरूलाई खाना खुवाउनुहोस्।
सफाला एकादशीको व्रत बस्नका लागि सबैभन्दा पहिले गंगाजल मिसाएको पानीले नुहाउनु होस् । त्यसपछि पहेलो वस्त्र लगाएर भगवान विष्णुलाई गाईको दूधले स्नान गराउनुहोस् । त्यसपछि पूजा स्थानमा राखिएको शंखमा दूध र गंगाजल मिसाएर अर्पण गर्नुहोस्। त्यसपछि धूप र बत्ती, चन्दन, फूल, फाले भगवान विष्णुलाई अर्पण गर्नुहोस् ।