यति धेरै रकम खर्च गरेर अभिनेत्री मलाइका देखिइन् यस्तो रुपमा, तस्बिर भाइरल हुँदै !

पछिल्लो समयमा बलिउड अभिनेत्री मलाइका कुनै न कुनै कारण सामाजिक सञ्जालमा चर्चामा आउने गरेकी छिन् । त्यस्तै पछिल्लो समयमा अभिनेत्रीको एक तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिरमा अभिनेत्रीको साथमा उनको प्रेमी तथा बलिउड अभिनेता अर्जुन कपूर पनि एक साथमा देखिएका छन् ।

केही दिन पहिले बलिउड अभिनेत्री करिश्मा कपुरले आफ्नो घरमा क्रिसमस पार्टी राखेकी थिइन् । यस पार्टीमा बलिउड अभिनेत्री मलाइका आरोडा र उनको प्रेमी अर्जुन कपुरसँग पुगेकी थिइन् । यस क्रममा मलाइकाको बो-ल्ड लुकको निकै चर्चा भएको थियो । पार्टीमा पुगेकी मलाइकाको बो-ल्ड लुक अहिले सामाजिक सञ्जाल निकै भाइरल भएको छ ।

अहिले सामाजिक सञ्जालमा मलाइकाले लगाएको पोसाक मात्र नभई उक्त्त पोसाकको मूल्यको निकै चर्चा भइरहेको छ । अभिनेत्री मलाइकाले यस पोसाकको लागि २.५४ लाख खर्च गरेकी छिन् । अभिनेत्रीको तस्बिर भाइरल भएको यो पहिलो पटक भने हैन यस भन्दा पहिले पनि अभिनेत्रीको थुप्रै तस्बिर उनले लगाएको पोसाकको कारण भाइरल भएका छन् ।

प्रकाशित : मङ्गलबार, पुष १३, २०७८१६:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कट्रिनासँग विवाह गरेको केही समयमा नै विक्की कौशल र साराको विवाह ? फ्यान भए चिन्तित: तस्बिर सहित !