एजेन्सी- कोरोनाको महामारीसँगै दुई वर्ष बित्न लागेको छ । सन २०२१ मा बलिउड क्षेत्रमायस्ता धेरै विवादहरु भएका छन् जसले सिंगो भारतलाई हल्लाएको थियो । यो वर्ष धेरकी यस्ता घटना भएका छन् जुन बलिउड कलाकार सम्झन चाहँदैनन्। जान्नुहोस् २०२१ को विवादका बारेमा जसले सबैलाई अचम्ममा पारेको थियो ।
बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राले आफू जेलमा पर्छु भन्ने कल्पना पनि गरेका थिएनन् । पोर्नो-ग्राफी मुद्दामा राज कुन्द्रा पक्राउ परेका राज धेरै दिनसम्म जेलमा बसेका थिए । राज कुन्द्रामाथि मोडल तथा अभिनेत्रीहरुको अश्लील फिल्म बनाएको आरोप लागेको थियो । त्यस समयमा शिल्पा शेट्टी पनि निशानामा परिन् ।
बलिउड अभिनेता शाहरुख खानका छोरा अर्यन खान पनि सन २०२१ लाई फर्केर हेर्न चाहँदैनन् । क्टोबर २ मा एनसीबीले आर्यन खानलाई गोवा जाने क्रममा क्रुज जहाजबाट पक्राउ गरेको थियो । पक्राउपछि आर्यन खान पनि लामोसमय जेलमै बस्नु परेको थियो। लामो प्रतीक्षापछि आर्यनले मुस्किलले जमानत पाएका हुन् । आर्यनमाथि लागूऔषध आपूर्ति र षड्यन्त्रमा संलग्न रहेको आरोप लागेको थियो । अहिले उनी निर्दोष साबित भएर जेलबाट छुटी सकेका छन् ।
सन २०२१ मार्चमा तापसी पन्नुको घरमा आयकर छापा मारिएको थियो। तापसी आईटीको निशानामा परेपछि बलिउड अभिनेत्री कंगना रनौतले ट्विटको मध्यमबाट अभिनेत्री तापसीलाई निशाना बनाउन थालिन् । त्यसपछि तापसीले पनि आफूमाथि खिल्ली उडाउँदै आफू अब सस्तो नभएको लेखिन् ।