विवाहपछि पनि अभिनेता विक्की र सारा बाइकमा यस्तो अवस्थामा घुमिरहेका देखिए, तस्बिर भाइरल हुँदै !

एजेन्सी- सामाजिक सञ्जालमा विक्की कौशल र अभिनेत्री सारा अली खानको एक तस्बिर निकै भाइरल भइरहेको छ । वास्तवमा अहिले सारा अली खान र विक्की कौशल आफ्नो नयाँ फिल्म ‘लुक्का छुपी २’ को सुटिङमा व्यस्त छन् ।

बलिउडका चर्चित अभिनेता विक्की कौशलले हालै अभिनेत्री कट्रिना कैफसँग विवाह गरेका छन् । विक्की र कट्रिनाको विवाहको तस्बिर तथा भिडियोले सामाजिक सञ्जालमा निकै चर्चा पाएको थियो । विवाह भएको केही समयपछि कट्रिना र विक्की दुवै आ-आफ्नो काममा फर्केका छन् । त्यस्तै अभिनेत्री कट्रिना पनि चाँडै फिल्म धनुष र अक्षय कुमारसँग ‘अतरंगी रे’ मा देखिनेछिन् ।

हाल भारतको इन्दौरमा ‘लुक्का-छप्पी २’ को सुटिङ भइरहेको छ, अभिनेता विक्की कौशल र अभिनेत्री सारा अली खान शुटिङमा सहभागी हुन विगत केही दिनदेखि इन्दौरमा छन् । चलचित्रको छायांकन सहरका विभिन्न स्थानमा भइरहेको छ । यति बेला सबैको मन मुटुमा बस्न सफल सफल अभिनेता तथा अभिनेत्रीको फिल्मको सुटिंग गर्न हजारौँ फ्यानहरु सुटिंग स्थलमा पुग्ने गर्छन् ।

सार्वजनिक तस्बिरमा देख्न सकिन्छ अभिनेता विक्की कौशल अभिनेत्री सारालाई आफ्नो बाइकको पछाडि राखेर हिँडेका छन् । सार्वजनिक तस्बिरबाट अनुमान लगाउन सकिन्छ, अभिनेत्री सारा फिल्ममा एक शिक्षिकाको भूमिकामा देखिँदै छिन् ।

 

प्रकाशित : सोमबार, पुष १२, २०७८१६:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आर्यन खान-राज कुन्द्रा जेल पुगे, विवादमा फसिन तापसी पन्नु: २०२१ का ठूलो विवाद !