एजेन्सी- बलिउड अभिनेता सलमान खान र कट्रिना कैफ दुवै असल साथी हुन् । अभिनेत्री कट्रिनाले अहिले विवाह गरे पनि उनको मिल्ने साथीलाई जन्मदिनको शुभकामना दिन बिर्सेकी छैनन् ।
बलिउडका चर्चित अभिनेता सलमान खानको आज ५६ औँ जन्मदिन परेको छ । अहिले अभिनेताले जन्मदिन मनाएको केही तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस विशेष अवसरमा विभिन्न सेलिब्रेटी तथा अभिनेताका फ्यानहरुले उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन्। साथै फ्यानहरुलाई अभिनेत्रीले सलाम खानको जन्मदिनको शुभकामना दिएको हेर्न पर्खाइमा थिए ।
ढिलै भए पनि कट्रिनाले सलमान खानलाई जन्मदिनको शुभकामनासँगै विशेष सन्देश पनि दिएकी छिन् । कट्रिनाको यो पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । कट्रिनाले सलमानको ब्ल्या-क एन्ड ह्वा-इट तस्बिर शेयर गरेकी छिन् । यो तस्बिरसँगै उनले लेखेकी छिन्- ‘ह्याप्पी बर्थडे सलमान खान, तपाईलाई धेरै ग्ल्यामर र सम्मान मिलोस्, तपाईको प्रतिभा सधैँ तपाईसँग रहिरहनेछ।’
अभिनेता सलमान र कट्रिनले ‘एक था टाइगर’, ‘टाइगर जिन्दा है’, ‘भारत’, ‘मैने प्यार क्यूं किया’ र ‘पार्टनर’ जस्ता फिल्महरूमा सँगै कम गरेका छन् । यति मात्र नभई अब यी दुवैको फिल्म ‘टाइगर ३’ पनि आउँदै छ । सलमान खानको घोषणापछि यो फिल्म अर्को वर्ष क्रिसमसको अवसरमा आउने अनुमान गरिएको छ ।