सन २०२२ को शुभारम्भमा मंगल ग्रहले राशि परिवर्तन गर्दै, यी ५ राशिलाई हुनेछ लाभै-लाभ !

ज्योतिष शास्त्रको अनुसार मंगल ग्रह शुभ स्थितिमा छ भने त्यस्ता व्यक्ति निकै भाग्यमानी साबित हुनेछ भने यदि कुनै व्यक्तिको कुण्डलीमा मंगल ग्रह प्रतिकूल वा अशुभ घरमा छ भने यसले नकारात्मक परिणाम दिन्छ। जसका कारण स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ ।

अहिले वृश्चिक राशिमा भएका मंगल केही समयपछि राशि परिवर्तन गर्ने भएका छन् । सन २०२२ जनवरी १३ मा मंगल ग्रह राशि परिवर्तन गरेर धनु राशिमा प्रवेश गर्नेछन् । धनु राशिमा मंगलको राशि परिवर्तनले धेरै राशिका व्यक्तिहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउनेछ। यसका साथै आर्थिक लाभ पनि हुनेछ ।

ज्योतिष शास्त्रका अनुसार मंगल ग्रह शुभ स्थितिमा छ भने व्यक्ति निकै भाग्यमानी साबित हुन्छ । अर्कोतर्फ यदि कसैको कुण्डलीमा मंगल ग्रह प्रतिकूल वा अशुभ घरमा छ भने यसले नकारात्मक परिणाम दिन्छ। जसका कारण स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ । सन २०२२ मा मंगल ग्रहको राशि परिवर्तनले कुन-कुन राशिलाई लाभ हुनेछ हेर्नुहोस् ।

मेष राशि

मेष राशिका लागि मंगल ग्रहको राशि परिवर्तन शुभ हुने भएको छ । मंगल ग्रहको राशि परिवर्तनको प्रभावले धन पद र प्रतिष्ठा बढ्नेछ। लगानी गरेको क्षेत्रबाट आर्थिक लाभ हुनेछ। यसका साथै मङ्गलको राशि परिवर्तन यस राशिका लागि समग्रमा शुभ रहनेछ ।

मिथुन राशि

सन २०२२ मा मंगलको पहिलो राशि परिवर्तन मिथुन राशिलाई शुभ हुने भएको छ । जनवरी १६ मा मंगल ग्रह धनु राशिमा प्रवेश गरेसँगै धन लाभ हुनेछ। यसका साथै व्यापार वा जागिरमा सफलता र कीर्ति मिल्नेछ। मंगल राशि परिवर्तनमा आम्दानी बढ्नेछ। साथै दाम्पत्य जीवन सुखमय रहनेछ।

सिंह राशि

सिंह राशिका व्यक्तिहरुका लागि मंगल ग्रहको राशि परिवर्तन लाभदायी साबित हुनेछ । मंगल ग्रहको राशि परिवर्तनबाट लाभ मिल्नेछ। साथै रोजगारी र व्यापारमा तिब्र प्रगति हुनेछ । व्यापारमा गरेको लगानीबाट लाभ प्राप्त हुनेछ । मंगलको यस राशि परिवर्तनले कार्यमा सफलता मिल्नेछ।

कन्या राशि

मंगल ग्रहको राशि परिवर्तनले कन्या राशिका व्यक्तिको आर्थिक स्थितिमा सुधार आउनेछ । पहिलेको तुलनामा व्यापार र जागिरमा राम्रो अवसर मिल्नेछ । मंगलको शुभ प्रभावले दाम्पत्य जीवनमा सुख मिल्नेछ। परिवारमा दाजुभाइको सहयोग मिल्नेछ।

मीन राशि

मंगल ग्रहको राशि परिवर्तन मीन राशिका लागि पनि शुभ साबित हुने देखिन्छ । जीवनमा भइरहेको आर्थिक समस्याबाट राहत मिल्नेछ। साथै शत्रु र प्रतिद्वन्द्वी परास्त हुनेछन्। मंगल राशि परिवर्तनमा भाग्यले पूर्ण साथ दिनेछ। मिहिनेतले गरेको हरेक काममा सफलता मिल्नुको साथै अभिभावकको सहयोग प्राप्त हुनेछ जसको कारण आत्मविश्वास बलियो हुनेछ।

प्रकाशित : सोमबार, पुष १२, २०७८१३:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन २०२२ मा निकै भाग्यशाली हुनेछन् यी ६ राशिका मानिस, करियर र व्यवसायमा गर्नेछन् खुब प्रगति !