एजेन्सी- अहिले सामाजिक सञ्जालमा आमिर खानको छोरी इरा खानको एक तस्बिर निकै भाइरल भइरहेको छ । तस्बिरमा इरा उनको प्रेमीको साथमा देखिकी छिन् ।
आमिर खानकी छोरी इरा खान अहिले आफ्नो प्रेमी नुपुर शिखरसँग युरोपमा छुट्टी मनाइरहेकी छिन् । इराले इन्स्टाग्राममा केही तस्बिर सेयर गरेकी छिन् । तस्बिरमा इरा खानले प्ले-ड हरियो स्कर्ट, सेतो टप र हरियो लेदरको ज्याकेट लगाएकी छिन् । नुपुर शिखरले निलो शर्ट, बो टाई र कालो प्यान्ट लगाएका छन् ।
इराले सार्वजनिक गरेको एक तस्बिरमा उनि आफ्नो प्रेम नूपुरको गालामा मिठो चुम्बन गरिरहेकी छिन् । यससँगै दुवै मुस्कुराएको पनि देखिएका छन् । अहिले सामाजिक सञ्जालमा इराले सार्वजनिक गरेको तस्बिर निकै भाइरल भइरहेको छ ।
यस भन्द पहिले पनि इराले सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरहरु निकिया भाइरल भएका छन् । त्यसतै केही समय पहिले इराले उनको बाबु तथा बलिउड अभिनेता आमिर खानको तेस्रो विवाहको बारेमा आएको खबरको बारेमा दिएको धारण निकै भाइरल भएको थियो ।