जन्मदिन मनाउन फार्म हाउस पुगेका सलमानलाई सर्पले टोक्यो, आधा रातमा अस्पताल भर्ति !

एजेन्सी- बलिउड अभिनेता सलमान खानलाई शनिबार राति सर्पले टोकेको छ । यो घटना सलमान खान पनवेलको फार्म हाउसमा हुँदा भएको हो । भारतीय मिडियाको अनुसार सलमानको स्वास्थ्य अहिले ठिक रहेको बताइएको छ । अभिनेतालाई आधा रातमा उपचारका लागि अस्पताल जानुपरेको थियो ।

अहिले अभिनेता सलमानको स्वास्थ्य अवस्था ठिक भएर आफ्नो घर फर्किएका छन् । अभिनेता शनिबार जन्मदिन मनाउनको लागि आफ्नो फार्महाउस गएका थिए ।

भारतीय मिडियाको अनुसार सलमान खान पनवेल फार्म हाउसमा साथीहरूसँग जन्मदिन मनाइरहेका थिए । कुराकानीको क्रममा अभिनेतालाई महसुस भयो कि उनको हातमा केही छ। त्यसपछि उनले यता-उता हेर्दा अभिनेताले सर्प देखे । सर्प देखेर सलमान खान डराए र तुरुन्तै सहयोगको लागि कराउन थालेका थिए । उनी राति तीन बजे अस्पताल पुगेका थिए । करिब ६ देखि ७ घण्टा अस्पतालमा बसेपछि उनी अहिले डिस्चार्ज भएका छन्।

रिपोर्टका अनुसार सलमान खानको फार्म हाउस निकै ठूलो रहेको छ । जसको वरिपरि निकै घना जंगल पनि छ । सलमानका अनुसार यसअघि पनि उनले फार्म हाउस नजिकै सर्प देखेका थिए । त्यसपछि उनले फार्म हाउसमा रेखा-देखा गर्नेलाई पनि सावधान रहन निर्देशन दिएका थिए । अभिनेता सलमान सर्पको शिकार भएको यो पहिलो पटक हो ।

प्रकाशित : आइतबार, पुष ११, २०७८१३:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ब्रा:_-;ले*स ट्रेन्ड फलो गरेर अभिनेत्रीले मदहोस पारे फ्यान्सलाई, हेर्नुस् ह:_-*ट लुक्स