यो वर्ष यी ३ राशिमाथि हुनेछ देवगुरु बृहस्पतिको कृपा, ताराझैं चम्किनेछ भाग्य

काठमाडौँ : देवगुरु बृहस्पतिलाई ज्योतिषशास्त्रमा महत्वपूर्ण ग्रह मानिन्छ। बृहस्पतिको परिवर्तनले सबै १२ राशिमा प्रभाव पार्छ। बृहस्पति गोचर केही राशिका लागि शुभ साबित हुनेछ भने केही राशिका लागि कठिनाइ आउन सक्छ।

गुरुको राशि परिवर्तन चैत ३० गते(१३ अप्रिल २०२२) मा हुनेछ। चैत १३ गते देवगुरु बृहस्पति आफ्नो स्वराशि मीनमा गोचर गर्नेछ। जान्नुहोस् गुरु राशि परिवर्तनले कुन राशिलाई लाभ मिल्छ त ?

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिका जातकको लागि गुरु राशि परिवर्तन लाभकारी साबित हुनेछ। यहीँ अवधिमा आर्थिक र करियरको क्षेत्रमा मनग्यै लाभ प्राप्त गर्नुहुनेछ। नवौं, दशौं र एघारौं घरमा कुनै पनि ग्रहको गोचरले भाग्यलाई पूर्ण साथ दिन्छ। वृश्चिक राशिका व्यक्तिहरूले यस अवधिमा एकभन्दा बढी श्रोतबाट धन प्राप्त गर्नेछन्।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

बृहस्पतिको राशि परिवर्तन धनु राशिका लागि वरदान साबित हुनेछ। यस अवधिमा नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ। भाग्यले पूर्ण साथ दिनेछ। पहेँलो वस्तुको व्यापार गर्नेलाई लाभ मिल्नेछ। धनु राशि बृहस्पतिको स्वराशि हो।यस राशिका व्यक्तिहरुलाई बृहस्पतिको आशीर्वाद मिल्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

यस राशिका जातकको आर्थिक अवस्था राम्रो रहनेछ। आम्दानीमा वृद्धि हुने सम्भावना छ। लगानी गर्नेहरुका लागि समय अनुकुल छ। धन आर्जनमा सफलता मिल्नेछ। जागिर खोज्नेहरूले शुभ समाचार पाउन सक्छन्।

प्रकाशित : आइतबार, पुष ११, २०७८१३:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन २०२२ लाग्नु भन्दा अघि घरको यी स्थानमा राख्नुहोस् मयूरको प्वाँख, छिट्टै बन्नुहुनेछ धनवान् !