वास्तुशास्त्रको अनुसार मयूरको प्वाँखको निकै ठूलो महत्व रहेको छ । मयूर भगवान कार्तिकेयको वाहन हो। त्यसैले मयूरको प्वाँखमा भगवानको वासस्थान हुने मान्यता रहेको छ । साथै मयूरको प्वाँखमा नौ ग्रहको वास हुने मान्यता रहेको छ । विभिन्न धार्मिक कार्यमा पनि यसको प्रयोग गरिन्छ। मयूरको प्वाँखले घरको आर्थिक समस्या हट्ने जनविश्वास रहेको छ । जन्नुहोस् मयूरको प्वाँखले कस्तो अवस्थामा लाभ मिल्दछ।
आर्थिक समस्याबाट छुटकारा पाउनको लागि
यदि तपाई कुनै प्रकारको आर्थिक समस्याबाट ग्रसित हुनुहुन्छ भने घरको पैसा-धन राखने दराजलाई दक्षिण-पूर्व दिशामा राख्नुहोस्। यसले आर्थिक समस्या समाधान हुन्छ । यसका साथै लामो समय देखि रोकिएको धन पनि प्राप्त हुन्छ र रोकिएका कामहरू पनि पूरा हुने मान्यता रहेको छ ।
वास्तु दोष हटाउन
घरको मुख्य प्रवेश द्वारमा गणेशको मूर्तिसँगै मयूरको प्वाँख राख्नाले वास्तु दोष हट्ने मान्यता रहेको छ । यसका साथै घरको नकारात्मक ऊर्जा पनि समाप्त कम भएर जानेछ । यसबाहेक मयूरको प्वाँख राख्नाले कुनै पनि अशुभ शक्ति घरमा पस्न दिँदैन । यदि तपाईको बालबालिका अध्ययनमा खासै रुची राख्दैनन् भने अध्ययन कक्षमा मयूरको प्वाँख राख्नुहोस् । यसको प्रभावको अध्ययनमा रुचि लाग्न थाल्छ ।
समृद्धि प्राप्तिको लागि
घरमा सुख-समृद्धिमा कमी आएमा पनि मयूरको प्वाँख लाभदायक हुन्छ। घरको पूजा मन्दिरमा श्रीकृष्णको मुर्तिसँगै मयूरको प्वाँख राख्नुहोस् । यसको साथै व्यापारमा घाटा हुन नदिन घरको पूर्व दिशामा मयूरको प्वाँख राख्नुहोस् ।