एजेन्सी : दक्षिण भारतीय चलचित्र उद्योगको चर्चित अनुहार सामन्था रुथ प्रभु(Samantha Ruth Prabhu) विगत केही महिनादेखि आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छिन्। अघिल्लो वर्षको अक्टोबरमा अभिनेत्रीले आफ्नो पति अभिनेता नागा चैतन्य(Naga Chaitanya) सँग सम्बन्ध विच्छेद गरेकी थिईन्।
पति नागाबाट अलग भएदेखि नै सामन्था मानिसहरुको निशानामा परेकी छिन्। पछिल्लो समय उनी दैनिकजसो ट्रोलर्सको सामना गरिरहेकी हुन्छिन्। सामन्था पनि ती ट्रोलर्सलाई मुखभरी जवाफ फर्काउने गर्छिन्। हालै एक पटक फेरी पनि उनलाई ट्रोल गर्ने प्रयास गरिएको छ।
यो पटक पनि सामन्थाले एकदमै सटिक र चतुर्याईपूर्ण जवाफ दिँदै नकारात्मक टिप्पणी गर्ने व्यक्तिको बोली बन्द पारेकी छिन्। हालै ट्विटरमा एक प्रयोगकर्ताले अभिनेत्री सामन्था रुथ प्रभुलाई डिभोर्सी र बिग्रिएको सेकेन्ड ह्याण्ड आइटम भने। यतिमात्र हैन तिनले सामन्थालाई ५० करोड भारु लुटेको आरोप पनि लगाए।
उक्त युजरले लेखेका छन् – ‘सामन्था एक सम्बन्ध विच्छेद भएको बिग्रिएको सेकेन्ड ह्याण्ड आइटम हो जसले एक जेन्टलम्यानको ट्याक्स फ्री ५० करोड रुपैयाँ लुटिन्।’ ट्वीटर युजरको यस्तो पोस्ट देखेर सामन्थाले आफूलाई रोक्न सकिनन्, तैपनि उनले प्रेमपूर्वक जवाफ फर्काइन्। उनले लेखिन् – ‘गड ब्लेस योर सोल यानी भगवानले तपाईको आत्माको रक्षा गरुन्।’ अहिले सामाजिक सञ्जालमा सामन्था यो जवाफले राम्रै तारिफ पाईरहेको छ।
सामन्थाको कामको कुरा गर्ने हो भने हालै रिलिज भएको फिल्म ‘पुष्पा : द राइज(Pushpa: The Rise)’ मा आइटम सङ्गमा नृत्य गरेकी थिईन्। यो गीत तीव्र गतिमा भाइरल भईरहेको छ। सामन्थाको आउँदो प्रोजेक्टको कुरा गर्ने हो भने उनी छिट्टै मिथोलजिकल फिल्म ‘शकुन्तलम’ मा देखिने भएकी छिन्।