यी सुन्दर बालकलाई चिन्नु भयो? अहिले फिल्म क्षेत्रमा राज गरेर युवा पुस्तको रोजाइमा परेका छन्: ७० प्रतिशतले दिए गलत जवाफ !

अहिलेको समयको युवा पुस्ताको मनमा राज गर्न सफल अभिनेता अनमोल केसी नेपाली फिल्म ‘होस्टेल’ बाट नेपाली फिल्ममा डेब्यु गरेका हुन् उनको पहिलो फिल्मबाट नै अनमोलको अभिनयलाई दर्शकले निकै रुचाएका थिए । अहिलेको समयमा अभिनेता अनमोल युवा भन्दा पनि धरै युवतीको रोजाइमा पर्छन् ।

अनमोलका बाबु चर्चित अभिनेता भुवन केसी हुन् भने आमा सुष्मिता केसी हुन् । अनमोलको जन्म सन १९९४ मार्च ३० मा भएको हो । अहिलेको समयमा अभिनेता अनमोल आमा बाबुको सम्बन्ध विच्छेद पछि आफ्ना बाबुको साथमा बस्दै आएका छन् । अनमोलले पहिलो पटक सन २०१३ मा फिल्म ‘होस्टेल’ बाट अभिनय यात्रा सुरु गरेका थिए ।

त्यस पछिको दिनमा अभिनेताले फिल्म जेरी,ड्रिम्स, कृ, क्याप्टेन र ए मेरो हजुर ३’ अभिनय गरिसकेका छन् । अब केही समयमा नै अभिनेता अभिनित फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शनमा आउने तयारीमा रहेको छ । अहिले अभिनेताको बचपनको केही तस्बिर सामाजिक सञ्जालमा भाइरल भएका छन्  । जसलाई उनका फ्यानहरुले निकै रुचाएका छन् ।

प्रकाशित : बिहिबार, पुष ०८, २०७८१५:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री प्रियंकाले सार्वजनिक गरिन् अहिलेसम्म नदेखिएका छोरीका तस्बिर, १० तस्बिर सहित !