एजेन्सी- अहिले सामाजिक सञ्जालमा बलिउड अभिनेत्री तथा मोडल मौनी रायको दुलहीको भेषमा रहेको तस्बिर भाइरल भइरहेको जसमा अभिनेत्रीलाई निकै सुन्दर देखिएको छ ।
टेलिभिजन क्षेत्रमा नागिनको रुपम परिचित मौनी राय लामो समयदेखि चर्चामा छिन् । अहिले विभिन्न भारतीय सञ्चार मध्यम हरुले अभिनेत्री मौनी रायको विवाहको चर्चा गरिरहेका छन् । यसै समयमा केही सामाजिक सञ्जालले मौनी रायले विवाह गरेको दाबी गरेका छ । केही समयअघि मौनी रायले आफ्ना केही तस्बिर सेयर गरेकी थिइन् ।
अभिनेत्रीले सार्वजनिक गरेको तस्बिर देखेर उनका फ्यानहरु अलमलमा पर्दै कमेन्टमा सोधिरहेका छन् । के मौनी रायले प्रेमी सूरज नाम्बियारसँग कोर्ट म्यारिज गरेकी हुन् ? अभिनेत्रीले तस्बिर सार्वाजनिक गर्दै क्याप्सन मार्फत सार्वजनिक गरेकी छिन्, उनको यी तस्बिरहरु कहिले हो ।
अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन् “आज – तिरुवथिरा…. भगवान शिवको नक्षत्र वा तारा हो। यो विश्वास गरिन्छ कि यस दिन देवी पार्वतीले उनको लामो तपस्या पछि अन्ततः भगवान शिवसँग भेट गरेकी थिइन् र उनले उनलाई सहधर्म दिए चारिणीको रूपमा पार्वतीलाई आफ्नो बनाएका थिए ।’ साथै मौनी रोयले भनेकी छिन् उनको यी तस्बिर सत्यनारायण पूजा पछिको हो ।