बलिउड अभिनेत्री मलाइका अरोडा फेरि ट्रोलको शिकार भएकी छिन् । सामाजिक सञ्जाल युजर्सले उनको यो चालको लागि ट्रोल गरेका हुन्। वास्तवमा मलाइका अरोडा आफ्नो हिड्ने शैलीका कारण सामाजिक सञ्जालको निशानामा परेकी हुन्। यसअघि पनि उनको हिड्ने शैलीलाई लिएर निकै ट्रोल गरिएको थियो।
स्टाइल आइकन मलाइका अरोडा आफ्नो फेशन स्टेटमेन्टबाट फ्यानलाई निकै प्रभावित पार्छिन् र कहिलेकाहीँ युजर्स उनको कपडाको कारण उनलाई रिस पोख्छन्। तर कलाकारलाई भने यी ट्रोलिङले केहि फरक पार्दैन। युजर्सले प्रायः कलाकारलाई हिड्ने शैली र लुगा लगाउने तरिकाको कारण ट्रोल गर्छन्।
मलाइका अरोडा प्रायः जिम जाँदा वा कामबाट फर्किदा स्पट हुन्छिन्। उनी हरेक कपडा आत्मविश्वासका साथ लगाउँछिन्। हालै सेलिब्रेटी फोटोग्राफर भाइरल भयानीले अभिनेत्री मलाइका अरोडाको इन्स्टाग्राममा भिडियो शेयर गरेका छन् । जसमा मलाइका अरोडाले शिमरी आउटफिट लगाएकी छन्। यस भिडियोमा मलाईकाको आउटफिटले फ्यानको ध्यान खिचेकी छन्।
मलाइका अरोडाको यो चाल फ्यानलाई निकै अचम्म लागेको छ। त्यसपछि युजर्सले मलाइकालाई ट्रोल गर्न थालेका हुन्। एक युजर्सले लेखेका छन्,’ यसको हिड्ने चाल कस्तो हो ? ‘यधपी मलाइका अरोडाको थुप्रै फ्यान उनको तारिफ गरिरहेका छन्। उनलाई ब्युटीफुल र से-क्सी बताईरहेका छन्। यस भिडियोलाई थुप्रै हेरिसकेका छन्।