एजेन्सी : बलिउड अभिनेत्री उर्वशी रौटेला(Urvashi Rautela) गत वर्ष मिस युनिभर्स २०२१ मा जजको रुपमा सामेल भएकी थिईन्। यस कार्यक्रममा उनले ४० लाखको हिरा जडित ब्ल्याक ड्रेस लगाएकी थिईन्। हल्टर डिप नेक भएको यो ड्रेस माइकल सिन्को(Michael Cinco) ले गरेका हुन्, जसको मूल्यले अहिले सञ्चारमाध्यममा राम्रै स्थान पाइरहेको छ। उर्वशीले भन्दा पहिले अरु बलिउड अभिनेत्रीहरुले पनि लाखौँ-करौडौं पर्ने ड्रेस लगाएर फ्यान्सलाई चकित पारिसकेका छन्।
• दीपिका पादुकोण(Deepika Padukone) : –
मेट गाला २०१९ को पिङ्क कार्पेटमा दीपिका पादुकोण ज्याक पोसेन(Zac Posen) को डिजाइनर प्रिन्सेस गाउन लगाएकी थिईन्, जसको मूल्य ५० लाख ५० हजार भारु थियो। भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो ड्रेस तयार पार्न १६० घण्टा लागेको थियो।
• प्रियंका चोपडा(Priyanka Chopra) : –
• उर्वशी रौटेला(Urvashi Rautela) : –
दुबईमा भएको एक कार्यक्रममा उर्वशी रौटेलाले विश्वकै महँगो ड्रेस लगाएकी थिइन्। शुद्ध सुनबाट बनेको ड्रेसको मूल्य ५ मिलियन अमेरिकी डलर अर्थात ६० करोड नेपाली रुपैयाँ थियो।
गायिका नेहा कक्कड र रोहनप्रीतको विवाहमा पनि उर्वशी पेस्टल कलरको डिजाइनर लेहँगा लगाएर पुगेकी थिईन्, जसको मूल्य ५५ लाख रुपैयाँ थियो।
• ऐश्वर्या राय बच्चन(Aishwarya Rai Bachchan) : –
ऐश्वर्या रायले आफ्नो विवाहको विशेष अवसरमा ७५ लाख भारु मूल्यको साडी लगाएकी थिइन् । उक्त कान्जीवरम सारी नीता लुल्ला(Neeta Lulla) द्वारा डिजाइन गरिएको थियो जसमा सुनको तार र बहुमूल्य स्वारोवस्की क्रिस्टल(Swarovski Crystal) जडित थियो।
• शिल्पा शेट्टी(Shilpa Shetty) : –
बलिउड अभिनेत्री शिल्पा शेट्टीले आफ्नो विवाहमा ८०० स्वारोवस्की क्रिस्टल भएको डिजाइनर साडी लगाएकी थिइन्। उक्त साडी तरुण तहिलियानी(Tarun Tahiliani) ले डिजाइन गरेका थिए, जसको मूल्य ५० लाख भारु थियो।
• अनुष्का शर्मा(Anushka Sharma) : –
बलिउड अभिनेत्री अनुष्का शर्माले आफ्नो विवाहमा सब्याची मुखर्जी(Sabyasachi Mukherjee)ले डिजाइन गरेको लेहेङ्गा लगाएकी थिइन्, जसको मूल्य ३० लाख रुपैयाँ थियो।