बलिउड जोडी अजय देवगन र काजोलकी छोरी न्यासा देवगनको लुक्सलाई मानिसहरुले सामाजिक सञ्जालमा अहिले निकै मन पराइरहेका छन् ।
न्यासा देवगन ती स्टार-किड्स मध्ये एक हुन् जसले बी-टाउनको फेसन सर्कलबाट टाढा रहँदा पनि मानिस हरुको मन जितेकी छन्। अभिनेता अजय देवगन छोरी अहिलेसम्म कुनै पनि फिल्ममा नदेखिए पनि मानिहरु बिचमा उनको लोकप्रियता कुनै स्टारको भन्दा कम छैन । न्यासा देवगनले आफ्नो बो-ल्ड लुक्सका कारण निकै चर्चा कमाएकी छिन् ।अहिले न्यासा बलिउडमा आउने कि नआउने भन्ने टुंगो छैन ।
न्यास अभिनय क्षेत्रमा नदेखिए पनि सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । यति बेला न्यासका फ्यानहरु हरेक दिन सामाजिक सञ्जालमा उनको तस्बिरको प्रतीक्षामा रहन्छन् । जब न्यास सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्छिन् । भाइरल हुन समय पनि लाग्दैन । हालै न्यासा देवगनले आफ्नो इन्स्टामा एउटा तस्बिर सेयर गरेकी छिन्, जसमा उनी आफ्ना साथीहरूसँग रमाइलो गरिरहेको देखिएकी छिन् ।
View this post on Instagram
न्यासाले रातो बडीकन ड्रेस लगाएकी छिन् । यस लुकमा न्यासा निकै स्टाइलिस देखिएकी छिन् । यसअघि पनि अजय देवगन र काजोलकी छोरी न्यासा देवगनले धेरै तस्बिर शेयर गरिसकेका छन्, जसलाई मानिसहरुले निकै मन पराएका छन् ।