शनिको राशिमा शुक्र प्रवेशले जीवनमा हुनेछ उथलपुथल, जान्नुहोस् आफ्नो अवस्था !

ज्योतिष शास्त्रका अनुसार डिसेम्बर १९ मा शुक्र ग्रह शनि राशिको प्रवेश गरेको छ । शुक्रदेव आफ्नो सीधा गति छोडेर प्रतिगामी अर्थात् उल्टो गतिमा मकर राशिमा प्रवेश गरेका छन्। शुक्र २९ जनवरी सम्म उल्टो चालमा रहनेछन्। यसपछि मार्गी अर्थात् सीधा रेखामा आउनेछ। वृष र तुला राशिको स्वामी शुक्र हो। यसबाहेक मीन राशिमा शुक्र बलियो भएर बसेका छन् ।

अर्कोतर्फ कन्या राशिमा शुक्र नीच अर्थात् कमजोरे रहन्छ । सुख र समृद्धिका कारक शुक्रको यो राशि परिवर्तनले कस्तो प्रभाव पर्ला जान्नुहोस् ।

कुन-कुन राशिलाई शुभ हुनेछ 

मकर राशिमा शुक्रको उल्टो चाल मेष, वृष, कन्या, तुला, धनु, मकर र मीन राशिका लागि शुभ रहनेछ। शुक्रको यो परिवर्तनले बैंक ब्यालेन्स बढाउन सक्छ। साथै, ऋण लिएको पैसा फिर्ता गर्न सकिने छ साथै ऋण लागेकाले फिर्ता दिनेछन् । यसबाहेक मीन राशिका लागि शुक्र परिवर्तन विशेष हुनेछ, शुक्रको यो राशि परिवर्तन आर्थिक हिसाबले सुनमा सुगन्ध भनेजस्तै हुनेछ ।

कुन-कुन राशिलाई अशुभ हुनेछ 

शुक्रको उल्टो चालले ५ राशिको जीवनमा उथलपुथल ल्याउन सक्छ। मिथुन राशिको आठौँ घरमा शुक्रको उल्टो चाल चलेको छ। जसका कारण मिथुन राशिको मानिसलाई भविष्यको चिन्ता पर्ने छ । त्यसतै शुक्रको उल्टो चाल कर्कट राशिका मानिसहरूका लागि अप्रिय घटनाहरूको कारक हुनेछ। यस बाहेक सिंह, वृश्चिक र कुम्भ राशिका लागि शुक्रको प्रतिगामी चाल पनि शुभ साबित नहुन सक्छ ।

प्रकाशित : सोमबार, पुष ०५, २०७८१०:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आउँदो १० दिनमा यी ४ राशिको जातकको खुल्नेछ भाग्यको द्वार