एजेन्सी : बलिउड अभिनेता जोन अब्राहम(John Abraham) आफ्नो कामका साथसाथै आफ्नो शरीरको कारण पनि चिनिन्छन्। जोन अब्राहमका अधिकांस फिल्मलाई दर्शकले निकै रुचाएका छन्। जोन अब्राहम प्राय: एक्सन थ्रिलर फिल्महरुमा बढी देखिन्छन्।
हालै जोन अब्राहमको फिल्म ‘सत्यमेव जयते २(Satyameva Jayate 2)’ रिलिज भएको थियो। त्यसपछि अब जोन ‘अट्याक’ मा सैनिकको भूमिकामा देखिनेछन्। जोन अब्राहम आफ्ना एक्सन सिनहरुले फ्यानहरुलाई चकित पर्ने पार्छन्। जोन अब्राहमको फिल्मलाई लिएर जति चर्चा हुन्छ, त्यसको दुईगुणा बढी चर्चा जीवनशैलीको कारण हुन्छ।
जोन अब्राहम महँगा बाइक्स र लग्जरी गाडीहरुका कारण पनि चर्चामा आउँछन्। जोनसँग एक से एक राम्रा बाइक्स र कारहरु छ। जोन अब्राहमसँग गाडीमा ल्याम्बोर्गिनी, गेलार्डो, अडी क्यु ३, अडी क्यु ७ जस्ता लग्जरी कारहरु छ।बाइकमा उनीसँग यामाहा आर १, यामाहा बिएमएक्स र सुजुकी हायाभुसा छ।
भारतीय सञ्चारमाध्यमहरुका रिपोर्ट्स अनुसार जोन अब्राहमको कुल सम्पत्ति करिब ३४ मिलियन डलर रहेको छ। जोन अब्राहमले आफ्नो मेहनत र क्षमताको आधारमा सफलता हासिल गरेका हुन्।
रिपोर्ट्स अनुसार जोन अब्राहमले फिल्मबाट मात्र नभई अन्य काम गरेर पनि राम्रो कमाई गर्छन्। उनको दिल्लीमा फ्याट अब्राहम बर्गर नामक रेस्टुरेन्ट छ। साथै उनको मुम्बई एन्जल्स नामको एक फुटबल टिम पनि छ। उनको आफ्नै परफ्युम ब्राण्ड पनि छ। जोन हरेक महिना १ करोड २० लाख भारु कमाई गर्छन्।
रिपोर्ट्स अनुसार जोनको मुम्बईमा एउटा आलिशान घर छ। जोनको बारेमा अचम्मलाग्ने तथ्य यो छ कि उनी जुत्ता लगाउन रुचाउँदैनन्। प्राय: उनी चप्पलमै देखा पर्छन्।