शनि पछिको राहुलाई सबैभन्दा दु:ख दिने ग्रहको रुपमा लिने गरिन्छ । यदि कसैको कुण्डलीमा पनि राहु खराब स्थानमा छ भने त्यस्ता मानिसले जीवनमा विभिन्न कठिनाईको सामना गर्न पर्ने हुन्छ । राहुले सधैँ डेढ वर्षमा राशि परिवर्तन गर्छन् राशि परिवर्तन गर्दा सधैँ विपरीत राशिमा विराजमान हुने गर्दछन् ।
यस वर्ष राहुले कुनै राशि परिवर्तन नगरे पनि अर्को वर्ष सन २०२२, १२ अप्रिलमा राशि परिवर्तन गरी मेष राशिमा प्रवेश गर्नेछन् । राहु मेष राशिमा १८ वर्षपछि प्रवेश गर्न अलगेका हुन् यस क्रममा १२ राशि मध्य ४ राशिलाई निकै शुभ सिद्ध हुने भएको छ ।
राहुको राशि परिवर्तनले यी राशिलाई अत्यन्तै शुभ हुने
मिथुन राशि
राहुको मेष राशिमा प्रवेशले मिथुन राशिका लागि निकै शुभ हुने भएको छ । यस समयमा मिथुन राशिको आम्दानी बढ्नेछ । यसबाट आर्थिक अवस्था मजबुत हुन्छ । आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। हरेक योजना सफल हुनेछन्। समग्रमा यो समय धेरै प्रगति र धनको आर्जनको लागि शुभ साबित हुनेछ।
कर्कट राशि
कर्कट राशिका लागि राहुको राशि परिवर्तनको कारण धन र खर्च पनि बढ्न सक्छ । यद्यपि खर्च बढे पनि यी खर्चहरूले तपाईको जीवनस्तरमा सुधार ल्याउनेछ र तपाईलाई जीवनमा आनन्द दिनेछ। करियर राम्रो रहनेछ । शत्रुहरूबाट मात्र टाढा रहनुहोस्।
तुला राशि
मेष राशिमा राहुको आगमनले तुला राशिका व्यक्तिहरूलाई अचानक आर्थिक लाभ मिल्नेछ । करियर राम्रो रहनेछ । समयमा आफूलाई मन पर्ने काम पाउनको लागि प्रयास गरिरहेका हरुलाई राहुले मनोकामना पूरा गर्नेछन् साथै कार्यरत मानिसले काममा पदोन्नति पनि पाउन सकिन्छ ।