सबै मानिसलाई चासोको विषय हुन्छ की उसको बितेको वर्ष जस्तो भएपनि आगामी वर्ष राम्रो हुनेछ भन्ने सबैको कामना हुन्छ त्यसतै मीन राशि हुनेहरुका लागि नयाँ वर्ष मिश्रित रहने फलादाही रहने भएको छ । वर्षको प्रारम्भमा पारिवारिक कलहले सताउनेछ। जसका कारण मन अशान्त हुनेछ । व्यापार व्यवसाय गर्नेहरुले आर्थिक लाभको अवसर मिल्नेछ ।
बृहस्पति ग्रहले राशि परिवार्ताना गर्ने हुँदा पति पत्नी बीचको सम्बन्ध राम्रो हुनेछ। यसका साथै मीन राशिका लागि सन २०२२ समग्रमा कस्तो रहनेछ हेर्नुहोस् ।
मीन राशिको प्रेम फल
मीन राशिको लागि सन २०२२ प्रेम जीवनको लागि सुखद साबित हुनेछ। नवविवाहित जोडीले सन्तान सुख प्राप्त गर्नेछन्। साथसाथै प्रेमीकाको प्रेम जीवनमा उतारचढाव आउनेछ । प्रेमसाथीसँग वादविवाद हुनुको साथै टाढा रहनुपर्नेछ। नयाँ पार्टनरबाट धेरै माया मिल्नेछ।
मीन राशिको करियर फल
मीन राशिको लागि सन २०२२ मा रोजगारीका लागि सफलताले भरिपूर्ण रहनेछ। जागिरमा पदोन्नति पाउन सकिनेछ । यसका साथै पदाधिकारीहरुको सहयोग प्राप्त हुनेछ । व्यवसायीले आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन् । आर्थिक लाभको पनि प्रबल सम्भावना छ । नयाँ कामको थालनीका लागि नयाँ वर्ष शुभ रहनेछ ।
मेन राशिको आर्थिक फल
आर्थिक मामिलामा नयाँ वर्ष अनुकूल रहनेछ। शनिदेवको कारणले पैतृक सम्पत्तिबाट लाभ हुने योग छ। आम्दानीसँगै खर्च पनि बढ्नेछ । जीवनसाथीबाट धनलाभ हुनेछ । यस बाहेक नयाँ कामबाट आकस्मिक आर्थिक लाभ हुनेछ।
मीन राशिको पारिवारिक फल
नयाँ वर्षमा मिन राशिको लागि पारिवारिक जीवनमा राम्रो रहनेछ। नयाँ वर्षमा परिवारबाट हरेक काममा पूर्ण सहयोग मिल्नेछ। यसका साथै दाजुभाइ तथा दिदीबहिनीका लागि पनि नयाँ वर्ष सफलताले भरिपूर्ण रहने छ । वर्षको मध्यमा अभिभावकको ख्याल गर्नुपर्नेछ। अन्यथा स्थिति गम्भीर हुन सक्छ।