ज्याकलिनले गर्लफ्रेन्ड बन्न ५५ करोडमा सम्झौता? खुलासा सुनेपछि उड्नेछ होश!

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज मनी लान्ड्रिङ मुद्दामा नराम्ररी फसेकी छिन् । लामो समयदेखि अभिनेत्री यो विषयलाई लिएर चर्चामा छिन् ।

ईडीको चार्जशीट अनुसार यति बेला अचम्मको कुरा बाहिर आएको छ । हालै सुकेश चन्द्रशेखरले ज्याकलिन फर्नान्डिससँग मित्रता भएपछि ज्याकलिनलाई करोडौंको महँगो उपहार दिएको खुलासा गरेका छन् । हालै भारतीय मिडियाको खबर अनुसार ज्याकलिनलाई सुकेश चन्द्रशेखरले १० करोडभन्दा बढीको उपहार दिएको बताएको छ । यसपछि ईडीले ज्याकलिनसँग तीन दिनसम्म सोधपुछ गरेको थियो ।

ईडीका अधिकारीहरू पनि सोधपुछको क्रममा भएको खुलासा सुनेर छक्क परेका छन् । यो सोधपुछमा यस्तो खुलासा भएका छन् । जुन सुनेर तपाई पनि छक्क पर्नुहुनेछ । ईडीको आरोपपत्र अनुसार सुकेश चन्द्रशेखरले ज्याकलिनसँगको मित्रतापछि करोडौंको उपहार दिएका थिए, जसमा गुच्ची झोला, गहना, महँगो कपडा, १५ जोडी कानको कुण्डल, ५ वटा बिरकिन ब्याङ्ग, च्यानल र वाईएसएल झोला, महँगो जुत्ता, सुपर लक्जरी ब्रान्डका ब्रेसलेट, चुरा, रोलेक्स जस्ता महँगो घडीहरू। जसको मूल्य करोडौंमा भनिएको छ ।

सुकेशले ज्याकलिनकी बहिनी जेनीलाई बीएमडब्ल्यू एक्स फाइभ सिरिजको कार पनि उपहार दिएका थिए। सुकेशले ज्याकलिनलाई मिनी कुपरदेखि हिराको झुम्कासम्म धेरै उपहार दिएका थिए । ज्याकलिन फर्नान्डिजले पनि आफूले सुकेशबाट धेरै उपहार पाएको स्वीकार गरिन् । ज्याकलिनले अमेरिकामा ज्याकलिनकी बहिनी गेराल्डिन फर्नान्डेजलाई सुकेशले १ लाख ५० हजार अमेरिकी डलर ऋण दिएको पनि स्वीकार गरिन् । अहिले यो खुलासाबाट ईडीका अधिकारीहरु छक्क परेका छन् । सुरुमा उनलाई यो विषय निकै सानो लाग्यो तर यो विषय निकै ठूलो साबित भयो ।

 

 

प्रकाशित : बुधबार, मङि्सर २९, २०७८१७:०३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

फिल्म ‘कुछ कुछ होता है’ को शाहरुख खानकी छोरीले पार गरिन् बो-ल्डनेसको सिमा, सार्वजनिक गरिन् यस्ता तस्बिर !