कट्रिना कैफको सिउँदोमा विक्की कौशलको सिन्दुर स्पष्ट देखिन्थ्यो । सुहागनको अवतारमा कट्रिना कैफ निकै सुन्दर देखिएकी छिन् ।
डिसेम्बर ९ मा विवाहपछि कट्रिना कैफ र विक्की कौशल सधैँको लागि एक अर्का बनेका थिए । भारतीय मिडियामा आएको समाचार अनुसार अभिनेता तथा अभिनेत्री विवाहको भोलिपल्ट नै नव जोडी हनिमुनका लागि हिँडेका थिए । यति बेला यी दम्पती हनिमुनबाट फर्किएका छन् । दुवैलाई हेर्न मानिसहरु जम्मा भएका थिए । विवाहपछि दुवै पहिलो पटक मिडियासामु पहिलो पटक देखिएका थिए ।
दम्पती हनिमुनबाट फर्किएका छन् । विवाहपछि दुवै पहिलो पटक मुम्बई एयरपोर्टमा श्रीमान्–श्रीमतीको रुपमा देखिएका छन् । विक्की कौशल र कट्रिना कैफ एअरपोर्ट बाहिर एक साथमा देखिएका थिए ।
विक्कीले मायापूर्वक कट्रिनाको हात समाते र त्यसपछि दुवैले मिडियालाई पोज दिए। अभिनेत्री कट्रिना कैफको मागमा विक्की कौशलको सिन्दुर स्पष्ट देखिन्थ्यो । सुहागनको अवतारमा कट्रिना कैफ निकै सुन्दर देखिएकी छिन् । यति बेला यी जोडियो यस तस्बिर सामाजिक सञ्जालमा ननिकै भाइरल भएको छ ।