नयाँ वर्ष लागेसँगै सबैलाई चासो तथा जिज्ञासाको विषय हुन्छ, कस्तो रहाला नयाँ वर्ष भनेर । त्यसै मकर राशिको लागि नयाँ वर्ष सन् २०२२ राम्रो नतिजा ल्याउने भएको छ । यस राशिका व्यक्तिहरुलाई नयाँ वर्षमा भाग्यको पूर्ण सहयोग मिल्नेछ । जागिर खानेहरुका लागि कार्यक्षेत्रमा परिवर्तन आउनेछ । अप्रिलमा मीन राशिमा बृहस्पति ग्रहको गोचरका कारण यसको प्रभाव मकर राशिमा पर्ने हुँदा आम्दानी र धनमा वृद्धि हुनेछ। यसका साथै व्यापार पनि विस्तार हुनेछ । सन २०२२ मकर राशिका लागि कुन कुन अवस्थामा विशेष रहनेछ हेर्नुहोस् ।
करियर फल
नयाँ वर्ष मकर करीको लागि करियरमा राम्रो रहनेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ । व्यापार व्यावसायको सिलसिलामा गरिएको यात्रा लाभदायक हुनेछ । काममा परिवर्तनको अवसर मिल्नेछ । यसका साथ-साथै काम गर्नेहरुको साथ मिल्नेछ । साझेदारी कार्यमा धन हानि हुन सक्छ।
आर्थिक फल
आर्थिक दृष्टिले हेर्दा नयाँ वर्ष केही विशेष हुनेछैन । धन खर्चमा समस्या आउनेछ । अनावश्यक खर्चको कारण मानसिक तनाव पनि रहनेछ । जुनदेखि आर्थिक अवस्था सुदृढ हुन थाल्नेछ, साथै वर्षको अन्त्यमा आर्थिक स्थिति धेरै राम्रो हुनेछ।
पारिवारिक फल
नयाँ वर्ष मकर राशिको लागि पारिवारिक मामिलामा मिश्रित फलदाही रहने छ । मंगल ग्रहको गोचरका कारण आमालाई कष्ट पर्न सक्छ । साथै परिवारमा कलहको स्थितिका कारण मानसिक तनाव बढ्न सक्छ । नयाँ वर्षमा कुनै क्षेत्रमा ठूलो मात्रामा आर्थीक लगानी गर्न सकिनेछ। घरपरिवारमा धार्मिक कार्यमा धन खर्च हुनेछ ।
प्रेम फल
नयाँ वर्षमा मकर राशिको लागि प्रेम जीवनको लागि सकारात्मक नतिजा आउने छ । प्रेमीसँग रमाइलो पल बित्नेछ । यसबाहेक विवाहितको दाम्पत्य जीवनमा उतारचढाव आउनेछ। तर वर्षको मध्यमा स्थिति सामान्य हुनेछ। नवविवाहित जोडीले सन्तान सुख प्राप्त गर्नेछन्।