आमिर प्रेममा पागल….रगतले प्रेम पत्र, तेस्रो विवाहको तयारी गर्दै?

अहिलेको समयमा बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’ सुपरस्टार आमिर खान दोस्रो श्रीमती संगको डिभोर्सपछि फेरि चर्चामा छन् । आमिरले आफ्नी पहिलो श्रीमती रीना दत्तासँग सम्बन्धविच्छेद गरेपछि किरण रावसँग विवाह गरेका थिए ।


एक समय थियो जब आमिर आफ्नी पहिलो पत्नी रीनाको प्रेममा पागल जस्तै भएका थिए । त्यस समयमा आमिरलाई पहिले रीना प्रति एकतर्फी प्रेम थियो । रीनाको तर्फबाट त्यस्तो केही थिएन । तर पछि रीना पनि आमिरको प्रेममा परिन् । भनिन्छ आमिर रीनासँग यति धेरै प्रेममा परेका थिए की एक पटक उनले रगतले पनि प्रेम पत्र पठाएका थिइन् । रीना दत्त हिन्दू थिइन् भने आमिर मुस्लिम ।


दुवैको प्रेमलाई परिवारका सदस्यले स्वीकार गरेनन् । आमिर र रीनाले कसैलाई नभनी विवाह गर्ने सोचमा थिए । पछि यो कुरा दुवै परिवारले थाहाँ पाएपछि उनीहरुले विवाहलाई स्वीकार गरेका थिए ।

समय बित्दै जाँदा आमिर खान र रीना दत्तबीचको प्रेम कम हुन थाल्यो । फिल्म ‘लगान’ को सुटिङका ​​क्रममा आमिर खान किरण रावसँग प्रेममा परेको खबर पनि आएको थियो । जसका कारण रीना आमिरसँग निकै रिसाउन थालिन् । यसपछि सन् २००२ मा आमिर र रीनाको सम्बन्ध विच्छेद भयो र आमिरले किरण रावसँग विवाह गरे ।


अब आमिर खानले विवाहको १५ वर्षपछि दोस्रो श्रीमती किरण रावसँग पनि सम्बन्ध विच्छेद गरेका छन् । यो निर्णयपछि आमिर खानका फ्यानहरु निकै अचम्ममा परेका थिए । आमिरको दोस्रो सम्बन्ध विच्छेद सँगै आमिर खान र फातिमा सना शेख सामाजिक सञ्जालमा निकै चर्चामा छन् । यद्यपि फातिमाले एक अन्तर्वार्तामा यी दुईबिच त्यस्तो केही नभएको बताएकी थिइन् ।

दंगलबाट आमिर खानसँग बलिउडमा डेब्यु गरेकी फातिमा सना शेखले आमिरसँग उनको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा काम गरेकी थिइन् । आमिर र फातिमाको लिं-कअपको खबर लामो समयदेखि आइरहेको छ ।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८११:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

समुन्द्र किनारामा बिकिनी लगाएर मस्ती गर्दै अभिनेत्री मौनी, सामाजिक सञ्जालमा तस्बिर हेर्नेको लाग्यो भिड !