बलिउडका चर्चित अभिनेता चंकी पाण्डेकी छोरी अभिनेत्री अनन्या पाण्डे पछिल्लो समयमा कुनै न कुनै कारणले चर्चामा आउने गरेकी छिन् । अहिलेको समयमा अभिनेत्री अनन्यालाई लगातार धेरै फिल्मको अफर आउन थालेको छ । फिल्मबाहेक अनन्या आफ्नो स्टाइलिस लुक र फेसन सेन्सका कारण पनि चर्चाको विषय बन्ने गरेकी छिन् ।
अहिले अनन्या आफ्नो पछिल्लो फोटोसुटका कारण फेरी चर्चामा आएकी छिन् । हालै अभिनेत्रीले आफ्नो इन्स्टाग्राममा उनको पछिल्लो फोटो शुटको केही तस्बिर शेयर गरेकी छिन्, जसमा उनी पारदर्शी फ्रन्ट खुला गाउनमा निकै सुन्दर देखिएकी छिन् । तस्बिरमा अनन्या रेड फ्रन्ट कट ट्रान्स-पेरेन्ट क्ली-भेज गाउनमा देख्न सकिन्छ । वास्तवमा यो लुकमा अभिनेत्री निकै ह-ट र बो-ल्ड देखिएकी छिन् ।
तस्बिरमा देख्न सकिन्छ अभिनेत्रीले हल्का मेकअप, रातो लिपस्टिक र मिल्दो हाइ हिल लगाएर आफूलाई अझ सुन्दर बनाएकी छिन् । हेयरस्टाइलको कुरा गर्दा नायिकाले कपाल बाधेकी छिन् । अनन्याले एकसाथ चार वटा तस्बिर सेयर गरेकी छिन्, जसमा उनी विभिन्न शैलीमा पोज दिइरहेको देखिन्छिन् । अभिनेत्रीको स्टाइलले फेरि एक पटक सबैलाई छक्क पारेको छ ।
अनन्याको वर्कफ्रन्टको कुरा गर्दा उनी चाँडै नै फिल्म ‘लाइगर’ मा साउथका सुपरस्टार विजय देवरकोंडासँग देखिनेछिन् । यस बाहेक उनी शकुन बत्रा निर्देशित अनटाइटल फिल्ममा पनि देखिदै छन् । यस फिल्ममा उनीसँगै दीपिका पादुकोण पनि मुख्य भूमिकामा देखिनेछिन् ।