यही मंसिर २८ गते अर्थात् १४ डिसेम्बर २०२१ मंगलबार वृश्चिक राशिमा मंगल र केतुको एक साथ मिलन हुने भएको छ । अनुराधा नक्षत्रमा यी दुवै ग्रह यस राशिमा एकसाथ मिलन हुन् लागेको हो । अनुराधा नक्षत्रमा शनिले शासन गरेको नक्षत्र हो । र शनि मकर राशिको शासक ग्रह हो। यो राशिको दशौँ राशि हो ।
जसका कारण आध्यात्मिक गतिविधिमा तीव्र रुपमा फल प्राप्त हुनेछ । त्यस्तै सामान्यतया मंगल र केतुको संयोगलाई यसबाट प्रभाव पर्ने राशिमा अर्थतन्त्र र रोजगारीको सन्दर्भमा खासै राम्रो प्रभाव पर्दैन साथै समृद्धिमा केही अवरोध देख्न सकिनेछ । मंगल र केतुको यो संयोगले केही राशिलाई शुभ प्रभाव पर्ने भएको छ । यस प्रकार छन् ती राशिहरु….
मिथुन राशि
यस राशि परिवर्तनको कारण मिथुन राशिलाई शुभ प्रभाव पर्ने भएको छ । मिथुन राशिको छैठौँ र एघारौँ घर स्वामी मंगल हुन् । यस राशि परिवर्तनको कारण कारण केतु छैठौँ घरमा अवस्थित हुनेछन् । मय तपाईको व्यवसायको विस्तार र उत्थानको लागि धेरै शुभ रहनेछ । यस समयमा व्यवसायमा प्रगति हुनुको साथै काममा पदोन्नति मिल्नेछ। तपाई व्यापार गर्दै हुनुहुन्छ भने तपाईले यस अवधिमा धेरै नाफा कमाउने सम्भावना छ।
कर्कट राशि
कर्कट राशिको लागि यस समयमा आर्थिक लाभ हुनेछ । आध्यात्मिक कार्यमा भाग लिन र रुचि देखाउनको लागि यो समय अनुकूल रहनेछ। व्यापार व्यवसायमा प्रगति हुनेछ । आर्थिक दृष्टिले यो समय तपाईको लागि अनुकूल रहनेछ। मंगल र केतुको संयोगको प्रभावले राम्रो धन आर्जन गर्न सकिनेछ ।
मकर राशि
यस राशि परिवर्तनको कारण मकर राशि भएका मानिसको लामो समय देखिको अधुरा काम पुरा हुनेछ । यस अवधिमा नयाँ रोजगारीका अवसरहरू फेला पर्न सक्छन्। वर्तमान कार्यक्षेत्रमा तपाई आफ्ना सहकर्मी र वरिष्ठ अधिकारीहरूसँग राम्रो सम्बन्ध बनाउन सक्षम हुनुहुनेछ। आर्थिक पक्षको कुरा गर्दा यस समयमा तपाईलाई धन लाभ हुने सम्भावना छ । जसका कारण तपाईले खुलेर पैसा खर्च गर्न सक्नु हुनेछ ।
कुम्भ राशि
यस समयमा अनुसन्धान र आफ्नो काममा पूर्ण रूपमा समर्पित देखिनुहुनेछ। जसको परिणाम स्वरूप राम्रो फल प्राप्त हुनेछ । काममा कार्य भर वृद्धि हुनेछ साथै पदोन्नतिको सम्भावना रहेको छ । आर्थिक जीवनको कुरा गर्दा यस समयमा तपाईलाई आर्थिक लाभ हुने सम्भावना प्रबल रहेको छ।
मीन राशि
यस राशि परिवर्तनको कारण सुखद तथा रामाइलो यात्रा हुनेछ । व्यावसायिक जीवनमा तपाईको पदोन्नतीको सम्भावना रहेको छ । यस अवधिमा तपाईको काम प्रतिको लगावको कारण उच्च अधिकारी प्रसन्न हुनेछन् । यस समयमा पैतृक तथा जग्गा सम्बन्धी कारोबारमा लाभ हुनेछ ।