३० वर्षपछि कुम्भ राशिमा आउदैछ शनि, यी ४ राशिमा लाग्नेछ साढे सातको दशा

काठमाडौँ : जब-जब शनि एक राशिलाई छोडेर अर्को राशिमा प्रवेश गर्छन् तब मान्छेहरु निकै डराउन थाल्छन्। शनिको राशि परिवर्तन ज्योतिष शास्त्रमा निकै नै महत्त्वपूर्ण हुन्छ। शनिको राशि परिवर्तनले सबै राशिमा प्रभाव पर्छ। शनिले प्रत्येक साढे दुई वर्षपछि आफ्नो राशि बदल्छ। यस्तैमा यो वर्ष सन् २०२२ मा शनिले आफ्नो राशि बदल्दै छ। शनिदेव २९ अप्रिल २०२२ मा मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्नेछ । शनि कुम्भ राशिमा ३० वर्षपछि प्रवेश गर्न लागेको हो। किनकि शनि कुनै एक राशिमा साढे दुई वर्षसम्म रहन्छ। शनि एकबाट अर्को राशि परिवर्तन गरेर सबै राशिमा आउन ३० वर्ष लाग्छ। शनिको राशि परिवर्तनले केही राशिलाई राहत मिल्छ भने केहीका लागि समस्या बढ्छ। थाहा पाउनुहोस शनिको राशि परिवर्तनले कुन-कुन राशिलाई समस्या हुन्छ।   

कर्कट राशि 

२०२२ सालमा शनिको राशि परिवर्तन कुम्भ राशिमा हुनाले कर्कट राशि हुने व्यक्तिलाई यसको शुभ प्रभाव रहनेछैन। आर्थिक समस्या बढ्ने संकेत छ। पेसा र व्यवसायमा सानोतिनो समस्या आउन सक्छ। लगानी सम्बन्धि विशेष ध्यान दिनुहोला। सोचविचार नगरी लगानी नगर्दा राम्रो नहुन सक्छ। कुनै नयाँ काम छिट्टै सुरु नगर्नुहोला।

कुम्भ राशि

कुनै पनि ठुलो निर्णय लिनु तपाईको लागि नोक्सानदायक साबित हुन सक्छ। कुनै रोगले तपाईलाई सताउन सक्छ। पैसाको समस्या बढ्न सक्छ। त्यसैले सकेसम्म खर्च कम गर्नुहोला। परिवारमा विवाद बढ्न सक्छ। कार्यक्षेत्रमा समस्या आउन सक्ला।

वृश्चिक राशि

२०२२ मा शनिले तपाईलाई कष्ट होला।  कुनै पनि कार्यमा सफलता पाउनको लागि निकै समय लाग्नेछ। कठिन परिश्रमपछि पनि त्यसको फल प्राप्त नहुदा खिन्न रहनुहुन्छ। पेसामा मन लाग्नेछैन। खर्च वृद्दि हुनेछ। जीवनसाथीसँग मनमुटाव बढ्न सक्छ। मानसिक समस्या झेल्नु पर्नेछ।

तुला राशि 

शनिको राशी परिवर्तनले तुला राशि हुने व्यक्तिलाइ राम्रो रहनेछैन। धन हानिको सम्भावना धेरै र पैत्रिक सम्पत्तिलाई लिएर  परिवारमा मनमुटाव हुन सक्छ।  व्यापार र पेसामा सुरुवातको केहि महिनामा समस्या आउन सक्ला।

प्रकाशित : मङ्गलबार, मङि्सर २१, २०७८१६:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘नुन’ को यस तरिकाले हटाउँछ ‘राहु’ को अशुभ प्रभाव, वास्तु दोषको लागि रामबाण